एक वर्षको अवधिमा वीरगंजका विभिन्न नाकाबाट १८ हजार किलो मरिचसहित ८ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  

पर्सा – वीरगंजको मुख्य भन्सार नाका हुदै भारत तस्करी गर्न लागीएको १३ टन मरिच सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक त्रिभुवन साहको कमाण्डमा खटेको प्रहरी टोलीले वीरगंजबाट भारत तर्फ गइरहेको युपी ७८ बीटी ३८०४ नम्बरको भारतीय टरकलाई भन्सार हँुदै शंक्राचार्य गेट भन्दा ५० मिटर दक्षीण तर्फ भारत प्रवेश गर्ने क्रममा चेकजाच गर्दा १२ हजार २०० किल्लो कालो मरिच सहित भारत उतर प्रदेश कानपुर जिल्ला थाना सचेण्डी भौती ग्राम पञ्चायत बस्ने वर्ष ३२ को गाडी चालक धर्मेन्द्र कुमारलाई पक्राउ गरीएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनुभयो ।

भारतबाट आलु लोड गरी नेपाल आएको भारतीय गाडी फर्किने क्रममा वीरगंजको बाइपासको कुनै गोदामबाट चालकलाई छाला भनेर लोड गरिएको मरिचलाई भारतीय सिमावर्ती शहर रक्सौल पुर्याउन भनिएको कुमारले प्रहरीलाई व्यान दिएको प्रहरी उपरिक्ष ढकालले बताउनुभयो ।

निकाशी प्रज्ञापन विनै मुख्य भन्सार नाकाबाटै लोड गाडीलाई प्रवेश गर्न दिने भन्सारका कर्मचारी तथा भन्सार चोरी निकाशी नियन्त्रणको जिम्मा लिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म माथी प्रश्न चिन्ह खडा भएको छ ।

एक वर्षको अन्तरालमा वीरगंजको विभिन्न ठाउबाट हाल सम्म १८ हजार किलो मरिच सहित ८ जनालाई नियन्त्रणमा लिई भन्सार बुझाइएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!