मूटु रोगको लागि सर्वोत्तम कालो टमाटार, यसरी गर्नुस खेती ।

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं –  मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर पछिल्लो समय मानिसको प्राथमिकतामा पर्ने गरेको छ । सामान्यतः सूरुमा बैजनी आकारमा फल्ने यो टमाटर बिस्तारै घाम र तापक्रमको कारणले कालो रंगमा परिणात हुन्छ ।

हालसम्म नेपालमा खेती नभएको कालो टमाटरको बिकास रुस बाट भएको हो। लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन बैज्ञानिक नाम भएको कालो टमाटर ब्लाक क्रिमको नामले समेत परिचित छ ।

कालो टमाटरका फाईदाहरु :

  • अरु टमाटर जस्तै यसमा फाइबर तथा भिटामिन ए र सि पाईन्छ ।
  • क्यान्सरबाट प्रतिरक्षा गर्ने तत्व यसमा रहेको बैज्ञानिकले पुष्टि गरिसकेका छन् ।
  • यसको नियमित प्रयोग गरे मूटु रोगबाट समेत बच्न सकिन्छ ।
  • यसमा गुलियो र नुनिलो स्वाद पाईन्छ ।

खेतीः
रुसबाट सुरु भएको कालो टमाटर खेती भारतको सिक्किमा समेत भैरहेको छ । सबै प्रकारको जलबायुमा उत्पादन लिन सकिने कालो टमाटर खेती नेपालमा समेत गर्न सकिन्छ । यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।

एक झुप्पामा आठ देखि बाह्र दाना फल लिन सकिने यसको बोट बाट १० केजि भन्दा बढि फल लिन सकिन्छ । चिसोमा भन्दा गर्मी समयमा यसको खेती उपयुक्त हुन्छ ।

ठुला एवंम तारे होटलहरुमा अत्याधिक माग रहेको कालो टमाटर अन्य टमाटरको तुलनामा दोब्बर मूल्यमा बिक्रि भैरहेको छ ।

 


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!