चेपाङलाई बोयर बाख्रा

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन । चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बाख्रा वितरण गरिएको छ। चितवनको इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट र गाउँपालिकाले बोयर बाख्रा वितरण गरेका हुन्।

चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना सुरु गरेको इम्प्याक्टले फलफूलका बिरुवापछि मंगलबार बोयर जातको बाख्रा वितरण गरेको हो। गाउँपालिकाको ३० र इम्प्याक्टको ७० प्रतिशत लगानीमा बाख्रा वितरण गरिएको हो।

परियोजनाअन्तर्गत चेपाङ समुदायलाई ११ समूहमा विभाजन गरी प्रत्येक समूहलाई दुई्दुईवटाका दरले २२ बोयर बाख्रा वितरण गरिएको छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!