अव यात्रा गर्ने छ किताव, तपाईको दैलोसम्म

काठमाडाैं, चैत २९ –
पठन संस्कृतीको विकासका लागि किताव यात्रा प्रा.ली ले देशव्यापी रुपमा अनलाईन मार्फत किताव विक्री वितरण सुरु गरेको छ ।

काठमाण्डौ प्रदशर्नीमार्गमा आज एक कार्यक्रमको आयोजना गरि किताव प्रा.ली नामक संस्थाले अव यात्रा गर्ने छ किताव, तपाईको दैलोसम्म नामक अभियानको सुरुवात गरेको हो ।

काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर र दुर्गम क्षेत्रका वस्तीहरुमा पनि कुरियरमार्फत् अर्डर गरेको तीन दिनभित्र पुस्तक पाठकको हातमा पु¥याउने जानकारी संस्थाका अध्यक्ष क्रृषिराम अधिकारीले गराउनुभयो ।

कार्यक्रममा उपस्थित लेखक नयनराज पाण्डेले यस अभियानले लेखक अनि पाठकबीच पुलको काम गर्ने बताउनुभयो । कार्यक्रममा लेखकहरु बुद्धिसागर,ब्रजेश खनाल, भुपेन्द्र खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरुले नेपालजस्तो विकासशील देशका निम्ति अनलाइन बुक सेलिङ अति नौलो र जोखिम पूर्ण पेशा भएको भन्दै यस अभियानले किताव पढ्ने संस्कृतीको विकास गर्नेमा जोड दिएका थिए ।

संस्थाले कर्पोरेट हाउस, बैंकिङ, हस्पिटल, स्कुल, कलेज, क्याफे, रेस्टुरेन्ट, संचारगृहलगायतमा एउटा व्यबस्थित लाइब्रेरि संचालन गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

कृपेश किशोर घिमीरे, विकेश भट्टराईसहितको टोलीले सुरु गरेको यस अभियानले आजैदेखि किताव विक्री सुरु गरिसकेको छ ।

error: Content is protected !!