बाख्रा पालनले फेरिएको जिवन, एउटै बोको १ सय ५० केजीको

अर्घाखाँची, वैशाख २८ –

अर्घाखाँचीका किसानहरु बोयर जातको बाख्रापालनमा आर्कषिण भएका छन् । छिटो हुर्कने र तौल बढी हुने भएकाले व्यावसायिक किसानले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका हुन् ।

अर्घाखाँचीको डिर्भना, छत्रगञ्ज, ठाडा, नुवाकोट लगाएका स्थानमा व्यवसायीक रुपले बोयर जातका ब्राखा पालन सुरु गरिएको छ । किसानका लागि उन्नत बीउ बीजन कार्यक्रमसँग समन्वय गरी डिर्भनामा १ सय ५३ जनाको समूह र छत्रगञ्जमा १ सय २५ जना, भुमिकास्थान नगरपालिका नुवाकोटमा ५५ जनाको समूहले व्यवसायिक बाख्रा पालन सुरु गरेका छन् ।

परम्परागत बाख्रा पालन गर्दा मेहनत बढी र आम्दानी कम हुने गरे पछि किसानहरुले उन्नत जातको बोयर बाख्रा पालन सुरु गरेका हुन् । उन्नत जातका बाख्रा पालन पछि किसानले बार्षिक ५ लाखसम्म आम्दानी गर्न सफल भएका छन् । रोजगारका लागि धेरै युवाहरु विदेश पलाएन भइरहदा विदेश जान तयार रहेका कृष्णप्रसाद भुषालले पासपोर्ट च्यातेर बाख्रा पालन सुरु गरेको बताउनुभयो ।

अर्घाखाँची नगरपालिका वडा नम्बर ११ डिर्भनामा रहेको जलकाँडा बाख्रा पालन समूहमा आवद्ध १ सय ५३ जनाको समूहले १ हजार बाख्रा पालन गरेका छन् । सय प्रतिशत बोयर जातको पाठाबाट डिर्भनाका किसानले एक वर्षमा एउटा बोका १ सय ५० किलोसम्म बनाएका छन् । छोटो समयमा धेरै फाइदा लिन सक्ने भएपछि किसान पनि बोयर जातको बाख्रा पालनमा आकर्षित भएका छन् ।

खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेश बाट आयत गरी उन्नत जातका बाख्रा पालन सुरु भएपछि नेपालमा हुने खसी बोकाको माग परिपुर्ति सहज हुने अपेक्षा गरिएको छ ।

error: Content is protected !!