धानको  खैरो थोप्ले रोगको व्यवस्थापन कसरी  गर्ने ?

 

रोगको लक्षणः यो ढुसीको कारणले हुने रोग हो । यो रोग लागेको बिरुवामा साना,गोलाकार,पहेला खैरा थोप्ला देखा पर्दछन ।जब गाँज आउने बेला हुन्छ तब पातमा धव्वा देखिन्छ। शुरुशुरुमा थोप्ला सानो तिलका दाना आकारका अण्डाकार गाढा खैरा हुन्छन् । पछी थोप्ला वा धव्वाहरु केन्द्र भागमा हल्का खैरा खरानी रंगका गोलाकार वा अण्डाकार हुदै जान्छन् । पातको फेद, बाला तथा गेडामा पनि यस्ता थोप्ला देखिन्छन् ।

कसरी फैलिन्छ रोग: धेरै सापेक्षिक आद्रता (८६-१००%) र तापक्रम (१६-३६ डिग्री सेल्सियस) को बीचमा भएको अवस्थामा यो रोग विकसित हुन्छ । सामान्यतया रोगले असर गर्नका लागि ८ देखि २४ घण्टा सम्म पात भिजेको हुनु पर्छ । ढुसीको जिवाणु बीउमा ४ वर्ष सम्म बाँच्न सक्छ  र एकबाट अर्कोबोटमा हावा तथा पानीको माध्यमबाट फैलिन्छ ।

रोग व्यबस्थापन:

रोग अबरोधी जातको प्रयोग गर्ने,

उचित मात्रामा मलको प्रयोग गर्ने,

बीउ व्याडमा छर्नु भन्दा पहिले बीउलाई तातोपानी (५०-५५ डिग्री सेल्सियस) मा १०-१२ मिनेट सम्म डुवाई उपचार गरी व्याड राख्ने ।

धानको व्याड राख्नुपूर्ब ढुसीनासक विषादी कार्बेन्डाजिम ५० डब्लुपि २-३ ग्राम प्रति के.जी. बीउका दरले बीउ उपचार गर्ने।

बिरुवा रोपेपछि रोगको आक्रमण भएमा प्रोपिनेव ७५ % डब्लुपि वा मेन्कोजेव ७५ प्रतिशत डब्लु्पि  ३ ग्राम विषादी प्रति लिटर पानीका दरले मिसाई १५ दिनको फरकमा ३ पटक छर्ने ।

 

error: Content is protected !!