भैंसीलाई सुत्केरी हुँदा तीनहजार भत्ता !

  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप –

सुनापति गाउँपालिका हिलेदेवीले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्ता स्वरुप तीन हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराएको छ ।

किसानहरुले पाल्दै आएका भैँसीलाई सुत्केरी भएको अवस्थामा राम्रोसँग स्याहारसुसार र खानपिनमा ध्यान दिनुपर्ने सन्देश गाउँपालिकाका पशुपालक किसान र समग्र जिल्लाकै किसानहरुलाई प्रबाह गराउन जिल्लामै पहिलो पटक पशु आहार सुत्केरी भत्ता वितरण गरिएको हो ।

सुनापति गाउँपालिका भित्र रहेर पशुपालन गर्दै आएका ७ जना किसानलाई तीन हजारका दरले २१ हजार रुपैयाँ सुत्केरी भत्ता रकम उपलब्ध गराइएको सुनापति गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख प्रभु चौधरीले जानकारी दिए।

गएको आर्थिक वर्षबाट सुरुवात गरेको अभियानमा गाउँपालिकाबाट सुत्केरी भत्ताको लागि निकालिएको सूचनाको आधारमा ७ जना किसानलाई वितरण गरिएको भैँसी सुत्केरी भत्ता कार्यक्रम आर्थिक वर्ष २०७५/०७६ मा पनि राखिएको हाे ।

गाउँपालिकाले व्यवसायिक पशुपालनतर्फ कृषकलाई आकर्षित गर्ने र दूध उत्पादनमा वृद्धि गर्ने उद्धेश्यले आगामी वर्षहरुमा समेत यस कार्यक्रमलाई निरन्तरता दिई थप किसानहरुलाई अनुदानको रकम दिने व्यवस्था मिलाइने सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले जानकारी दिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!