भैंसी सुन्दरी प्रतियोगिताको उपाधि हिरा भैंसीलाई

इटहरी, वैशाख २९ –

पशुपालनमा कृषकलाई आकर्षित गर्न इटहरीमा भएको भैसी सुन्दरी प्रतियोगीतामा हिरा नाम गरेको भैंसीले उपाधि जितेको छ । इटहरीमा आयोजना गरिएको भैंसी सुन्दरी प्रतियोगितामा ३८ वटा भैंसीलाई उछिन्दै मिठुमाया कार्कीले पालेको हिरा नाम गरेको भैसीले उपाधि जितेको हो ।

वातावरण तथा पर्याबरण संरक्षण केन्द्र इटहरीले आयोजना गरेको प्रतियोगितामा उपाधि जितेको हिराले ११ हजार रुपैयाँसहित निःशु्ल्क बिमाको अवसर पाएको छ । भैंसी पालक किसानलाई प्रोसाहन गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा नरबहादुर कार्कीले पालेको चम्पा नाम गरेको भैसी दोस्रो र बेधनिधी दाहालले पालेको काली नामको भैंसी तेस्रो भयो ।

दोस्रो हुने भैंसीले ९ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाएको छ । भैंसीको स्वास्थ्य अवस्था चेक गरेर विजेताको छनोट गरिएको थियो ।

प्रतियोगितामा राष्ट्रिय भैंसी अनुसन्धान केन्द्रका भैंसी बैज्ञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शवनाथ महतो डा. विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलले भैंसीको स्वास्थ्य परीक्षण गरेका थिए ।