बजेटको प्रभाव : खाद्यान्नमा अस्वभाविक मूल्यवृद्धि

झापा, असार ९  – आर्थिक वर्ष २०७५/७६ को बजेट भाषण भएदेखि नै ब्यापारीले मनोमानी रुपमा मूल्य बृद्धि गर्न थालेका छन् । आर्थीक वर्ष सुरु नभएपनि ब्यापारीले दैनिक उपभोग्य सामाग्रीको मूल्य बृद्धि गराउँदा झापास्थित दमकका उपभोक्ता मारमा परेका हुन् ।

बजेटको कारण देखाउँदै बजारमा दाल, चामल र तेल लगाएतका खाद्यान्नमा अस्वभाविक मूल्यवृद्धि भएको छ । बजारमा मौज्दात नसकिँदै थोक विक्रेताहरुले खद्यान्नमा आफूखुसी मूल्य बढाएर बिक्री गरेका हुन् । बजेटलगत्तै विभिन्न कारण देखाएर उपभोक्ताको ढाड सेक्ने गरी विभिन्न खाद्यान्नको मूल्य बढाएको पाइएको छ ।

उपभोक्ता हित संरक्षण तथा आपूर्ति व्यवस्थापन विभागले बजार अनुगमनमा चासो नदिदा उद्योगी तथा ब्यापारीलाई पनि कालोबजारी गर्न सहज भएको छ ।

खुद्रा व्यवसायीले होलसेल ब्यापारीले भाउ बढाएर सामान पठाउदा बाध्य भएर सामानको मूल्यवृद्धी भएको बताएका छन् । मूल्य बृद्धि नियन्त्रण गर्न दमक उद्योग बाणिज्य सघंले नगरपालिका भित्रका सबै होलसेल ब्यापारीलाई बोलाएर तत्कालै भाउ नबढान आग्रह गरिसकेको जनाएको छ ।

बजेट भाषणबाट राजश्वमा वृद्धि गरेका कारण भाउ बढाउनुपरेको व्यापारीको भनाई छ । मूल्य वृद्धी नियन्त्रण गर्न दमक नगरपालिका भने पछि हटेको छ । स्थानीय सरकारको जिम्वेवारी भित्र बजार अनुगमन नपर्ने भएकाले यसको नियन्त्रण जिल्ला प्रशासन कार्यालयले गर्नु पर्ने नगरपालिकाका तर्क छ ।

सरकारले भन्सार वृद्धि गरे पनि बजेट अघिको उत्पादनमा कुनै प्रभाव नपर्ने बताउदै आएको छ । तर, दैनिक ज्याला मजदुरी गर्दै जिविका चलाउने सर्वसाधरण यसको प्रत्यक्ष मारमा परेका छन् ।

error: Content is protected !!