कृषि अनुसन्धान परिषदले सोचे जस्तो काम गरेन : मन्त्री खनाल

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषदको काम कार्वाहीप्रति असन्तष्टि जनाउनु भएको छ ।

मन्त्री खनालले कृषि अनुसन्धान परिषदले किसानको पक्षमा कुनै पनि अनुसन्धानको काम गर्न नसकेको बताउनुभयो । उहाँले किसानको पक्षमा कृषि अनुसन्धान परिषदले कामै नगरेपछि त्यसको विकल्पमा आफूले किसान आवास परियोजना कार्यक्रम पनि सुरु गर्न लागेको घोषणा गर्नुभयो ।

आजबाट काठमाडौंमा सुरु भएको ‘एशीयन कृषि सम्मेलन तथा प्रर्दशनी–२०१९’ को उद्घाटन गर्दै मन्त्री खनालले यो कार्यक्रमले ६६ प्रतिशत कृषकलाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले अध्ययन र अनुसन्धानको कामलाई कृषि अनुसन्धान परिषदले अघि नबढाएपछि सरकारले सो परियोजनामार्फत् किसानहरुलाई आवश्यक प्रशिक्षण समेत दिने व्यवस्था गर्नु परेको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले युवाहरुलाई आकर्षित गर्नेगरी कृषि क्षेत्रको विकासमा लाग्न सरकारलाई सचेत गराउनु भयो । उहाँले कृषि क्षेत्रको विकासमा युवाहरुलाई आकर्षित गर्नेगरी कानुन निर्माणको कामलाई अघि बढाइएको पनि बताउनुभयो ।

सभापति सुदेवीले संविधानले सबै नागरिकको गाँस, बास र स्वास्थ्य उपचारलाई मौलिक अधिकारको रुपमा व्याख्या गरेपनि त्यसको उचित व्यवस्था सरकारले गर्न नसकेकोमा चिन्ता पनि व्यक्त गर्नु भयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here