नागरिक लगानी कोषले सेयरधनीलाई २२.६ प्रतिशत बोनस दिने

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं –

नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २२.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश दिने भएको छ। कोषको शुक्रबार सम्पन्न २३औं वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो।

कोषको ०७३/७४ को नाफाबाट उक्त बोनस सेयर दिन लागेको हो। आव ०७२/७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैयाँ रहेकोमा आव ०७३/७४ मा २९ करोड २४ लाख रुपैयाँ पुगेको छ। चालु आवको असोज मसान्तसम्म कोषको फन्ड एक खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कोषले एक खर्ब १० अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको छ।

कोषका सञ्चालक समिति अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले सातै प्रदेशमा शाखा विस्तार र समय सापेक्ष कोषलाई अघि बढाउन लगानी नीतिमा परिमार्जन गरेको जानकारी दिए। उनले ०७४/७५ को साधारणसभा चालु आवको चैत मसान्तभित्र गर्ने बताए। कोषले वैशाखदेखि स्टक डिलरको काम गर्ने धारण राखेका थिए।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!