डडेल्धुरामा सात नम्बर प्रदेशकै ठूलो कोल्ड स्टोर संचालनमा

डडेल्धुरा, चैत २९ –

डडेल्धुरामा प्रदेश नम्बर सातकै ठूलो कोल्ड स्टोर संचालनमा आएको छ ।

कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका–१ दहमा आधुनिक प्रविधिसहितको ‘उग्रतारा सित भण्डार प्रा.ली’ निर्माण भएको छ ।

१४ हजार ५ सय क्विीन्टल क्षमताको कोल्ड स्टोर साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान र जिल्लाका उद्योग व्यवसायीहरुको ३५ प्रतिशत लगानीमा भण्डार स्थापना भएको हो । २ करोड ५७ लाख सञ्चालक र २ करोड ९९ लाख साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको कुल ५ करोड ५७ लाखको लागतमा निर्माण भएको हो ।

कोल्ड स्टोर निर्माण भएपछि यसबाट करिव ९ सय घरधुरी लाभान्वीत हुने र ५० देखि ६० जना व्यक्तिले रोजगारी समेत पाउने विश्वास गरिएको छ ।

कोल्ड स्टोर निर्माण भई सञ्चालनमा आएपछि भारतबाट आउने तरकारी तथा फलफुल रोकिने कृषि कार्यालयको भनाई छ । कोल्ड स्टोरले प्रदेश नम्बर ७ का पहाडि जिल्लामा उत्पादित खाद्यान्न, आलुको बिउ र फलफूलहरु सञ्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

error: Content is protected !!