चिसो मौसममा बगैंचाको हेरचार यसरी गर्नुहोस

जाडो मौसममा बिरुवामा तुषारोको असर सबैभन्दा धेरै हुन्छ । यही कारण जाडो मौसममा उत्पादित हुने खेतीबाली सामान्यतया ८० प्रतिशतसम्म नोक्सान हुनसक्छ । त्यसैले समयमा नै खेतीबाली जोगाउनका लागि यसलाई तुषारोबाट बचाउनु आवश्यक हुन्छ ।

जाडो मौसममा तामक्रम शून्य डिग्री सेल्सियससम्म पुग्नसक्छ र हावा पनि बहन रोकिन्छ । जसका कारण तुषारो पर्ने सम्भावना हुन्छ । त्यसो त सामान्यतया तुषारो पर्ने अनुमान वातावरणबाट पनि लगाउन सकिन्छ ।
जाडो मौसममा जुन दिन दिउँसोदेखि चिसो हावा बहन्छ । हावाको तापक्रम चिसो हुँदा, दिउँसोपछि अचानक चिसो हावा चल्न बन्द हुन्छ र आकाश सफा हुन्छ । अथवा त्यो दिन राति हावा बहन रोकियो भने तुषारो पर्न सक्छ । विशेष गरी मध्यरात कटेपछि तुषारो पर्ने सम्भावना हुन्छ ।

एउटा अध्ययन अनुसार साधारण तापमान जति कम भएतापनि अथवा शीत लहर जति नै चले पनि तुषारोले कुनै नोक्सान पुर्‍याउँदैन । तर, यदि हावा बहन बन्द भयो भने र आकाश सफा भयो भने तुषारोे पर्छ र यो समयको खेतीबारीको लागि धेरै नोक्सानदायक हुन्छ ।

तुषारोले गर्ने हानिहरु

बिरुवाको पात र फूल ओइलाउँछ ।

बिरुवाको बाँझोपन ।

फलफूल र बालीमा दाना(दाना हुनु ।

बिरुवाहरु हुर्कन पाउँदैनन् ।

प्लाज्मा झिल्लीको संरचनामा यान्त्रिक नोक्सान ।

बिरुवा मर्नु अथवा गम्भीर नोक्सान हुनु ।

अन्न उत्पादनको गुणस्तरमा कमी आउनु ।

तुषारोबाट खेतीबालीको संरक्षणका लागि अचूक उपाय

विशेष गरेर तुषारोका कारण नोक्सान भएका बिरुवाको संरक्षण प्रत्यक्ष अथवा अप्रत्यक्ष दुबै माध्यमबाट गर्न सकिन्छ । जब अंकुरणको परिस्थिति हुन्छ ।

तब सक्रिय विधिहरुको प्रयोगले तुषारोेको अंकुरण परिस्थिति उत्पन्न हुनुभन्दा पहिला गरिन्छ । जसका लागि निस्क्रिय र सक्रिय विधिहरुको प्रयोग गर्न सकिन्छ ।

निस्क्रिय विधिहरु

ठाउँको छनोट

तुषारोेले छिट्टै असर पार्ने संवेदनशील खेतीबालीलाई उत्पादित गराउनका लागि त्यस्तो ठाउँ छान्नु पर्छ । जहाँ तुषारो पर्न सक्दैन । विशेष गरेर ठूला जलाशयहरु नजिक तुषारोले कम प्रभाव पार्छ ।

किनभने पानी माथिको हावा जमिन माथिको हावाको तुलनामा तीब्र रुपमा चिसो हुन्छ । राम्रोसँग लगाइएको रुखले जलवायुलाई अनुकुल बनाइदिन्छ । त्यसो हुँदा खेतीबाली समयभन्दा अगाडी नै फलोस् र टिप्न तयार होस् । त्यसो गर्दा तुषारोको जोखिम पनि कम हुन्छ ।

बालीको प्रबन्धन

बाली त्यस्तो किसिम र प्रजातिको छनोट गर्नुपर्छ । जुन तुषारो पर्नु अगाडी नै पाकोस् । जस्तै जाडो मौसममा फल्ने मकै रोप्दा त्यसलाई तुषारो पर्नु अगाडी नै टिप्न तयार भइसकेको हुन्छ ।

माटोको प्रबन्धन

माटोको अवस्थाले बालीको माथिल्लो र तल्लो भागलाई तुषारोबाट बचाउनका लागि एउटा उत्तरदायी भूमिका खेल्छ । खुकुलो माटोको सतहले तापलाई कम गर्छ । जसका कारण राति खुकुलो माटोको सतहको तापक्रम जमेको माटोको तुलनामा कम हुन्छ ।

त्यसैले तुषारोबाट बचाउनका लागि माटोलाई जोत्न हुँदैन । त्यस्तो स्थितिमा राति बालीका लागि तापक्रम कम प्राप्त हुन्छ ।

त्यसका कारण उर्जाको थोरै मात्रालाई मात्र सञ्चित गर्न सक्छ । त्यस्तो स्थितिमा जाडो मौसममा बालीलाई तुषारोले धेरै नोक्सान पुर्‍याउँछ ।

बाली रोप्ने र काट्ने

तुषारोले छिट्टै नोक्सान पुर्‍याउने किसिमका संवेदनशील बालीलाई तुषारो नपर्ने समयमा नै रोप्नुपर्छ । जसका कारण बालीलाई तुषारोबाट जोगाउन सजिलो हुन्छ । यो प्रक्रियालाई अपनाउनाले बाली अपेक्षाकृत कम जोखिम अवधिको क्रममा राम्रोसँग सर्पान सक्छ ।

सक्रिय विधिहरु

बालीको सतहको आवरण

यस विधिको प्रमुख उद्देश्य भनेको नै सतहको तापबाट हुने क्षतिलाई कम गर्नु हो । यस विधिको प्रयोग गरिने आवरण विभिन्न प्रकारका हुन सक्छन् । जस्तै भुसको आवरण, प्लास्टिकको आवरण, कालो र सेतो धुलोको आवरण आदि ।

भुसको आवरण

भुसको आवरणले राति तापक्रमलाई जमिन बाहिर जानबाट रोक्छ । यसकारण बालीको तापक्रममा कमी आउँछ ।

पारदर्शी प्लास्टिक

पारदर्शी प्लास्टिकले ८५ देखि ९५ प्रतिशतसम्म सूर्यको विकिरणलाई सञ्चित गरेर त्यसलाई जमिनसम्म पुर्‍याउन सक्छ । त्यसलाई पुनः वातावरणमा फिर्ता जान दिँदैन र त्यसरी जमिनको तापक्रमलाई बढाउँछ । योे तुषारोबाट सुरक्षा गर्ने दृष्टिकोणले अति नै महत्वपूर्ण हुन्छ । यसको विपरित कालो प्लास्टिक सूर्यको विकिरणहरुलाई अवशोषित गर्छ । त्यसैले जमिनका कारण तापक्रममा बृद्धि हुन्छ ।

कालो धुलो

कालो धुलोले सूर्यको विकिरणहरुलाई दिनमा अवशोषित गर्छ र राति उत्सर्जित गर्छ । यसो हुँदा राति जमिनको तापक्रममा बृद्धि हुन्छ । जुन तुषारोबाट सुरक्षाको दृष्टिकोणले अति नै महत्वपूर्ण हुन्छ । यसको विपरित सेतो धुलो सूर्यको विकिरणहरुलाई परावर्तित गर्छ र यिनीहरुलाई जमिनसम्म पुग्न दिँदैन ।

छकर्ने विधिद्वारा सिँचाई

जब तुषारो पर्छ भन्ने सम्भावना हुन्छ । तब खेतमा सिँचाई गर्नुपर्छ । किनभने नरम जमिनमा धेरै समयसम्म तापक्रम सुरक्षित हुन्छ । किनभने जब पानी बरफमा परिर्वतन हुन्छ । त्यो प्रक्रियामा उर्जाको उत्सर्जन हुन्छ । जुन ८० क्यालोरीप्रति ग्राम बराबर हुन्छ । त्यसो हुँदा माटोको तापक्रममा बृद्धि हुन्छ ।

यसप्रकार माटो पर्याप्त नरम हुनाले शीत र तुषारोबाट हुने नोक्सानको सम्भावना कम हुन्छ । जाडो मौसममा बालीमा सिञ्चाई गर्दा ० दशमलव ५ देखि २ डिग्री सेल्सियससम्म तापक्रम बृद्धि गर्न सकिन्छ ।

हावा फ्याँक्ने मेशिन

हावा फ्याँक्ने मेशिनको प्रयोगले बालीको सतहमा उपस्थित चिसो हावालाई तातो हावामा परिर्वतन गर्नका लागि गरिन्छ । त्यो विधि त्यो समयमा मात्र फलदायी हुन्छ, जब सतहनजिक हावाको माध्यमको तापक्रमको अन्तर धेरै हुन्छ । यो विधिले १ देखि ४ डिग्री सेल्सियससम्म तापक्रम बृद्धि गर्न सकिन्छ ।

सल्फर छर्ने

जुन दिन तुषारो पर्ने सम्भावना हुन्छ । त्यो दिन बालीमा ० दशमलव १ प्रतिशत सल्फरको घोल छर्कनुपर्छ । त्यसका लागि १ लिटर सल्फरको एसीडलाई १ हजार लिटर पानीमा घोलेरप्रति हेक्टयर प्लास्टिकको स्प्रेयरले छर्कनुपर्छ ।

यो छर्काइको असर २ हप्तासम्म रहन्छ । यदि यो अवधिपछि पनि शीत लहर र तुषारोको सम्भावना भइरह्यो भने सल्फरको एसीडलाई १५ दिनको अन्तरमा पुनः दोहोर्‍याउनुपर्छ ।

गहुँ, चना, रायो, केराउ जस्ता बालीलाई तुषारोबाट बचाउनका लागि सल्फर एसिड छर्कनाले केवल तुषारोबाट बचाव मात्र हुने होइन । बिरुवामा फलाम तत्वको जैविक र रसायनिक सक्रियतामा पनि बृद्धि हुन्छ । त्यसले बिरुवामा लाग्ने रोगहरुको पनि रोगथाम गर्न सहयोग पुर्‍याउँछ र बाली छिटो तयार हुन्छ ।

यदि हामीलाई मौसमको पूर्वानुमानबाट न्यूनतम तापक्रम, हावाको गति, परिर्वतनशील स्थितिको जानकारी प्राप्त भयो भने उचित समयमा बालीलाई तुषारोबाट हुने नोक्सानबाट सजिलै बचाउन सकिन्छ ।

यसबाहेक हामीले उपयुक्त प्रबन्धनद्वारा समय(समयमा बालीलाई अनुकूल वातावरण दिएर बालीको उत्पादन र गुणस्तर दुबैलाई बढाउन सफल हुन्छौं । यसप्रकार समयमा नै तुषारोबाट हुने नराम्रो असरबाट जाडो मौसममा बालीलाई बचाएर किसानहरुको कृषिमा सुधार र बलियो बनाउन सकिन्छ र राम्रो उत्पादन गराउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply