वातावरणका लागि किन गाईभैँसी खतरनाक ?

  •  
  •  
  •  
  •  
  •  
  •  

जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक तथा पर्यावरणविदहरुका लागि गार्ईभैँसीको ग्यास तथा डकार चिन्ताको विषय बनेको छ ।

मिथेनको अधिक मात्राका लागि गाईभैँसीको डकार तथा पेटबाट निस्किने ग्यासलाई पनि जिम्मेवार मानिने गरेको छ ।

वैज्ञानिकहरुले मिथेन ग्यासको उत्सर्जन रोक्नका लागि गाईको खानामा सुधार गर्ने कोसिस गरिरहेका छन् । गाइभैँसीको खानामा लसुन, ओरेगेनो, जाफरान तथा अन्य सागपातहरु संलग्न गरेर त्यसको असरको बारेमा पनि वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् ।

क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले हालै एक अनुसन्धान मार्फत् गाईको ग्यासलाई कसरी कम हानिकारक बनाउने भन्ने उपाय पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुका अनुसार गाईलाई सामुद्रिक झार खुवाउनाले गाईको ग्यासमा मिथेनको मात्रा कम हुनसक्छ र यसले पर्यावरणको रक्षा गर्दछ ।

यस शोधका क्रममा वैज्ञानिकहरुले करीब एक दर्जन दुधालु गाईहरुको खानामा समुद्री झार खुवाए । तत् पश्चात् गरिएको परीक्षणका क्रममा गाईको डकार तथा ग्यासबाट उत्पन्न हुने ग्यासमा मिथेनको मात्रा ३० प्रतिशतले घटेको पाइयो ।

शोधकर्ता पशु वैज्ञानिक अरमियास केब्रियाबका अनुसार गाईभैँसीको खानामा थोरै मात्रामा पनि समुद्री झार खुवाउँदा उत्सर्जन गर्ने ग्यासमा मिथेनको मात्रा चामत्कारिक रुपमा कमी आउने कुरा देख्दा आफूलाई आश्चर्य लागेको बताए ।

रिपोर्ट अनुसार वायुमण्डललाई सबैभन्दा ठूलो खतरा गाईभैँसीबाट रहेको छ । किनभने कार्वनडाइअक्साइडभन्दा मिथेन ग्यास वायुमण्डलका लागि धेरै गुणा हानिकारक रहेको छ अर्थात् यो निकै हानिकारक हरित गृह ग्यास हो । यसकारण गाईभैँसी विश्व उष्णिकरणका सबैभन्दा ठूला कारकतत्व हुन् ।

बीबीसी हिन्दीबाट


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!