गाईकाे उत्पादन क्षमता बढाउन पढनै पर्ने एक कथा (गाईपूराँण भाग- ३ )

  •  
  •  
  •  
  •  
  •  
  •  

  • भण्डारी यात्रीमदन

गाईलाई जन्मे पछि मृत्यु पर्यन्त दाम्लोले बाँधेर राख्दा उसलाई तनाव महसुस हुने गर्दछ । त्यसैले गाईलाई दैनिक ८ देखि १० मिटर खुल्ला ठाउँमा राखी स्वतन्त्र हिड्न दिनाले उसको रक्तसंचारमा सुधार आउँछ, मासपेशी स्वस्थ्य हुन्छ र मुलतःगाईको उत्पादन क्षमतामा वृद्धि हुन्छ ।

गाई प्रकृतिमा स्वतन्त्र विचरण गर्ने प्राणी हो । समयको विकाससँगै मानिसले गाईलाई आफ्नो नीजि प्रयोजनको निम्ति प्रयोग गर्न सुरु गरेको हो । मानिसले गाईको निम्ति गोठ बनायो, घाँस काट्यो गोबर फाल्यो । अनि दीर्घकालमा गाईले दुध किसानलाई दिन्छ भन्ने सोच्न थाल्यो । गाईले दुध आफ्नो बच्चाको दिने हो किसानको होइन । यो त हाम्रो बाध्यता भनौ या चाहना हामी गाईको सेवा गरेर बदलामा दुध लिन्छौँ ।

गाईबाट प्रशस्त उत्पादन लिन गाई बनेर उसको रेखदेख गर्नुपर्दछ । किसान आजकल आफ्नो समस्या सुनाउदछन, “गाईले चोकर नहाली पानी नै खाँदैन” । फाइवर र नगन्य मात्रामा प्रोटिन पाइने चोकर र पराल किसानले गाईको पेट भरी देखाउन मात्र खुवाउने गरेको व्यथा सुनाउँछन् । सवै भन्दा पहिले त पेट ठूलो हुँदैमा गाईले उत्पादन बढाउँछ भन्ने कुरा गलत हो । यसको अर्थ फेरी गाईलाई थोरै खान दिनुपर्छ भन्ने नलागोस ।

गाई जंगलमा विचरण गरेर हरियो मिठो घाँस पेटभरी खाने अनि पानिको श्रोत नजिक बसेर दिनभर उग्राउने गर्दछ । यो उसको प्रकृति हो, प्रवृति हो । उसले जंगलमा चोकर हालेको पानी खाँदैन । न त ढुटो पीठो खान्छ । यो त हाम्रो बाध्यता हो कि दुध उत्पादनको लागत घटाउन हामी थोरै खाएर पनि राम्रो शक्ति दिने दाना गाईलाई खुवाउन दिन्छौँ ।

बुझ्नु के जरुरी छ भने गाईलाई आफ्नो उत्पादन क्षमता अनुसार उत्पादन गर्न प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन, मिनरल, पानी अनि फाइबरको मात्रा सन्तुलित मात्रामा दिनुपर्ने हुन्छ । गाईले हरियो घाँस खान्छ जसमायी सबैको मात्रा सन्तुलित मात्रामा हुन्छ ।

त्यसो भए गाईलाई दाना चोकर दिनु पर्दैन त ?

सवै गाईले बराबर दुध दिदैनन् । तर प्राय गाईको पेटको आकार एउटै हुन्छ । अव २ लिटर दुध दिने गाईले र २० लिटर दुध दिने गाईले उक्ति नै मात्रामा खाने कुरा खाएर फरक मात्रामा दुध दिने हो भने उनीहरुले खाने खानामा गुण तत्वको मात्रा बढाउनु पर्दछ । त्यसैले दाना खुवाउनु परेको हो ।

त्यसैले असली दानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन, मिनरल, पानी अनि फाइबरको मात्रा सन्तुलित मात्रामा दिनुपर्ने हुन्छ । त्यसो भन्दैमा गाईलाई दाना मात्र दिएर पनि हुँदैन किनकी गाईको पेट घाँस पचाउनको लागि प्रकृतिले बनाइदिएको छ । जसले ठुलो मात्रामा दाना पचाउन सक्दैन । त्यसैले गाईको पाचन प्रकृयामा गढबढी हुन नदिन हामीले दाना र घाँसको सन्तुलन मिलाएर खुवाउनु पर्ने हुन्छ ।

सरदरमा एउटा गाईलाई उसको शरिरको १० प्रतिशत हरियो घाँस दिनुपर्ने हुन्छ जसमा ६० प्रतिशतभन्दा धेरै पानीको मात्रा हुन्छ । त्यससंगै प्रति ३ केजीदुधको उत्पादनको लागी १ के जी सन्तुलितदानादिनुपर्ने हुन्छ ।

गाईलाई जन्मे पछि मृत्यु पर्यन्त दाम्लोले बाँधेर राख्दा उसलाई तनाव महसुस हुने गर्दछ । त्यसैले गाईलाई दैनिक ८ देखि १० मिटर खुल्ला ठाउँमा राखी स्वतन्त्र हिड्न दिनाले उसको रक्तसंचारमा सुधार आउँछ, मासपेशी स्वस्थ्य हुन्छ र मुलतःगाईको उत्पादन क्षमतामा वृद्धि हुन्छ । साथै चौविसै घण्टा स्वच्छ र सफा पिउने पानी उपलव्ध गराउँदा उसको समग्र स्वास्थ्यमा र उत्पादन क्षमतामा सुधार आउँछ ।

गाईलाई सफा र स्वच्छ भुईमा बस्न दिनु पर्दछ । गाईलाई कुनै पनि तनाव र असुविधाबाट अलग गर्न सकेमा गाईबाट मनग्य फाइदा लिन सकिन्छ । यसबाहेक गाईको प्रजाती अनुसारको गाईको उत्पादन क्षमता सवैभन्दा प्रमुख पक्ष हो । यसका बारेमा अर्को भागमा विस्तृत चर्चा गरिने छ ।

भण्डारी यात्रीमदन कृषि डेलीका नियमित स्तम्भकार हुन ।

सिफारिस गरिएका 

गाईपूराँण ( एकपटक पढ्नै पर्ने गौमाताको कथा ) भाग- २

 


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!