spot_img

दाङका किसानलाई डेबिट र क्रेडिट कार्ड

दाङ । दाङका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर– १६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो ।

वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार पहिलो चरणमा ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो । सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा मेगा बैंकले डेबिट–क्रेडिट कार्ड वितरण गरेको हो ।

डेबिट र क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको वडाध्यक्ष डाँगीको भनाइ छ ।

1 COMMENT

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार