यसरी गरौ टियोसेन्टी घाँसको खेती

  • 125
  •  
  •  
  •  
  •  
  •  
    125
    Shares

हरिया घांंसपात पशुवस्तुको अनेर्कौ आहारमध्ये सस्तो र सुलभ खाद्य पदार्थ हुन र यसको उचित प्रयोग गरि पशुपालन व्यवसाय अंगाल्दा पशु उत्पादनमा कुनै ह्रास विना नै उत्पादन लागतमा उल्लेख्य कटौती गर्न सकिन्छ ।

टियोसेन्टी र मकै उस्तै प्रकृतिका घाँस हुन् । खास गरी मकैे प्रमूख अन्न वालीमा पर्ने भएकोले घाँसको लागी खासै प्रयोग नगरी डाँठ, पात लुछेर खूवाउने चलन छ भने टियोसेन्टी पशूलाई खुवाउने हरियो घाँसकै रुपमा विकसित गरिएको हो । पात उस्तै भएता पनि टियोसेन्टी सामान्यतया मकै जत्तीको अग्लो हुंदैन, यसको डाँठ पनि मसीना हुन्छन् र यसको २ देखि ३ सरा सम्म गाँज निस्कन्छ । मकै पुःन काट्न मिल्ने गरी नपलाउने भएकोले राम्ररी हुर्किएपछि मात्र काटिन्छ भने टियोसेन्टी २ पटक सम्म काट्न सकिन्छ । साथै मकै र टियोसेन्टी बिच मुल भिन्नता भनेकोे पानी जम्ने वित्तीकै मकै पहँेलिन्छ भने टियोसेन्टीले केही दिन सम्म जमेको पानी सहन सक्छ ।

हावापानी र माटो
यो घाँसे बाली खासगरी गर्मी तथा समसितोष्ण हावापानी हुने क्षेत्रमा वढी लगाईन्छ । यो घाँस चिम्टाईलो दोमटमा राम्रो सँंग फस्टाउंछ । मकैलाई जस्तै प्रतिहेक्टर १०० के.जि. नाईट्रोजन, ६० के.जि. फस्फोरस र ४० के.जी पोटास तथा गोवर मल राखी तयार पारिएको जग्गावाट बढी उत्पादन लिन सकिन्छ । दुईपटक हरियो घाँस उत्पादन गर्न सकिने भएकोले एक पटक काटेपछि करिव ७५ के.जी. यूरिया/हे.का दरले छर्दा बढी उत्पादन लिन सकिन्छ ।

बीउ रोप्ने समय तथा बीउ दर
नेपालमा खासगरी तराई तथा मध्यपहाडमा चैत्र÷बैसाखमा लगाईने यो बाली पानी, सिंचाईको व्यवस्था भएको अवस्थामा हिउँदमा (असोज/कार्तिक) मा समेत लगाउन सकिन्छ । ४० देखि ५० के.जी/हे. का दरले छरेर यसको खेती गरिन्छ । टियोसेन्टीको पाकेको बिउ खैरो हुनु पर्दछ । सेता/हल्का रंगका बिउ नपाकेको हुने हुनाले त्यस्तो बिउ छर्नुु हुदैन ।

घाँस उत्पादन
चैत्र र वैशाखमा छर्दा टियोसेन्टीको हरियो घाँस उत्पादन हे. ३०–३५ टनसम्म र वर्षामा लगाउदा ४०–५० ट./हे.सम्म गर्न सकिन्छ । यसमा पनि कच्चा प्रोटिन ८–१० % सम्म मात्र हुन्छ र सुष्क पदार्थ करिव १८% हुन्छ । टियोसेन्टी २ पटक काट्न सकिने हुनाले १५ से.मि. भन्दा कम उचाईमा काट्दा पलाउने क्षमतामा ह्रास आउंन सक्छ । नेपालमा सिर्सा जातको टियोसेन्टी बढी प्रयोगमा छ ।


  • 125
  •  
  •  
  •  
  •  
  •  
    125
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here