जिल्ला कृषि र पशु सेवा कार्यालय असार मसान्तसम्म यथावत रहने

काठमाडौं, वैशाख १ – जिल्ला कृषि र पशु सेवा कार्यालयहरु असार मसान्तसम्म यथावत रहने भएका छन् । देश संघीय संरचनामा गए विभिन्न सरकारी कार्यालय स्थानीय निकायलाई हस्तान्तरण गर्ने गरी सरकारले तयारी थालेको थियो ।

मन्त्रीपरिषदको चैत २८ गते बसेको बैठकले जिल्लामा रहेका विभिन्न १८ वटा सरकारी कार्यालयलाई स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । असार मसान्त अगाडी नै यी कार्यालयहरु स्थानीय तहलाई हस्तान्तरण गर्दा बजेटमा समस्या आउने देखिएकाले असार मसान्त पछि मात्रै स्थानीय तहलाई यी कार्यालय दिने गरी सरकारले पत्र काटेको छ ।

पत्रमा अहिलेको अवस्थामा काम गरिरहेका कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्दा बजेटमा समस्या आउन सक्ने देखिएकाले यो निर्णय तत्काल कार्यान्वयन नगर्न भनिएको छ ।

यी हुन स्थानीय तहलाई हस्तान्तरण गर्ने भनिएका कार्यालहरु  :

१. जिल्ला स्वास्थ्य कार्यालय
२. जिल्ला वन कार्यालय
३.जिल्ला सिंचाइ कार्यालय
४.जिल्ला खानेपानी कार्यालय
५.जिल्ला हुलाक कार्यालय
६.जिल्ला कृषि विकास कार्यालय
७.जिल्ला पशु सेवा कार्यालय
८.जिल्ला जल उत्पन्न तथा प्रकोप व्यबस्थाप कार्यालय
९.जिल्ला सहकारी कार्यालय
१०.जिल्ला प्राविधिक कार्यालय
११.जिल्ला भेटनरी कार्यालय
१२.जिल्ला भूमिसुधार कार्यालय
१३.जिल्ला खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय
१४.जिल्ला सडक डिभिजन कार्यालय
१५.महिला तथा बालविकास कार्यालय
१६.घरेलु तथा साना उद्योग कार्यालय
१७.जिल्ला मत्स्य विकास कार्यालय
१८.जिल्ला बाली विकास कार्यालय

error: Content is protected !!