धान दिवस मनाउँदैमा उत्पादनमा वृद्धि हुँदैन

काठमाडौं – धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि भन्ने नाराका साथ आज पन्ध्रौ धान दिवस तथा रोपाइ महोत्सव मनाइएको छ ।

कुल जनसंख्याको दुई तिहाइ नागरिक कृषि पेशामा आवद्ध नेपालमा उत्पादित कृषिजन्य सामाग्रीले नेपालीको जीवन धान्न सकेको छैन । कृषिजन्य बाली मध्येको मुख्य बाली धान नेपालको राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउन तथा रोजगारीको सुनिश्चिचतताका लागि पनि महत्वपूर्ण बालीको रुपमा हेर्ने गरिन्छ । नेपालमा १.५ खर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ । यसले नेपालको कूल ग्राहस्थ उत्पादनमा प्रत्यक्ष असर पारेको छ ।

धान बाली प्रवद्धनका लागि सरकारी तथा गैह् सरकारी संस्थाबाट विभिन्न पहल भए पनि वार्षिक २५ अरब रुपैयाँभन्दा बढीको चामल नेपालमा भित्रिने गरेको छ । नेपालीको मुख्य बाली र नेपालको अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने धान बाली प्रवद्धनका कुरा मात्र धेरै गर्ने तर उत्पादन वृद्धि गर्नको लागि कुनै पक्ष पनि जिम्मेवार नहुँदा कृषि प्रवद्धनको नारा यसैमा सिमीत भएको छ ।

कृषि विभागले हरेक वर्ष असार पन्ध्रलाई धान दिवस मनाउँदै आएको छ । कार्यक्रम नै राखेर कृषि सम्बध्ध सरकारी तथा गैह् सरकारी संस्थाका प्रतिनिधिलाई उपस्थित गराएर गरिने यस्ता कार्यक्रमले धानबाली उत्पादनमा खासै योगदान दिएको छैन् । नेपालको अर्थतन्त्रसँग जोडिएको धान बाली प्रवद्धनका लागि सुगम भेगमा बसेर योजना मात्र बनाएर हुँदैन् ।

साच्चिकै प्रवद्धनात्मक कार्य गर्ने हो भने वर्ष भरी खेती गरेर उत्पादित बाली बेच्ने बेलामा बिचौलियाको मारमा पर्ने किसानसँग बसेर योजना बनाउनु पर्छ । नेपाललाई कृषि बाली बीउको प्रयोगशाला बन्नबाट रोक्नुपर्छ । दातृ निकायको नाममा नेपालको भूमिलाई बीउ तथा रासायनीक मलको प्रयोगशाला बनाउन उद्धत संस्थालाई यो भूमिबाट लखेटनुपर्छ ।

स्वदेशी कृषकलाई स्मार्ट कृषि तर्फ आर्कषित गर्दै सरकार र कृषक एक आपसमा हातेमालो गर्दै हिडन सके मात्रै कृषि प्रधान देश साच्चिकै कृषिमा आत्मनिर्भर बन्न सक्ने छ र यसले नेपालको अर्थतन्त्रलाई मजबूत बनाउने छ ।

Leave a Reply