धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि नाराका साथ पन्ध्रौ धान रोपाइ महोत्सव हुने

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि भन्ने नाराका साथ पन्ध्रौ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव असार १५ गते हुने भएको छ । कृषि विभागले सदाका वर्ष जस्तै यो वर्ष पनि धान दिवसको अवसरमा रोपाइ महोत्सव आयोजना गर्न लागेको हो ।

रोपाइ महोत्सवको जानकारी दिन आयोजित कार्यक्रममा विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले वार्षिक २५ अरब भन्दा धेरै रुपैयाँको चामल नेपालमा आयात हुने गरेको जानकारी दिनुभयो । खेतियोग्य जमिन खण्डिकरण तथा घडेरिकरण, श्रम शक्तिको अभाव, सिचाइ, भण्डारण तथा बजार पर्यात्त नहुँदा चामलको परनिर्भरता बढेको विभागको भनाइ छ ।

नेपाललाई धान उत्पादनमा आत्मनिर्भर गराउनका लागि सरकारी तवरबाट विभिन्न योजना ल्याइएको भन्दै पौडेलले अबको केही वर्षमा नेपाल धानमा आत्मनिर्भर हुने गरी काम भइरहेको बताउनुभयो । यसका लागि वर्षे धानमा उत्पादकत्व वृद्धि तथा चैते धानको क्षेत्रफल विस्तार, सम्भावनाका आधारमा बोरो तथा घैया धानको उत्पादनमा वद्धि ल्याउने जस्ता कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो ।

कृषकहरु पूरानै धानको बीउ प्रयोग गर्दै आएकाले उत्पादनमा वृद्धि हुन नसकेको भन्दै त्यसका लागि कृषकलाई हाइब्रिड धान प्रति आर्कषित गर्न विभिन्न कार्यक्रम ल्याइएको कृषि विभागले जनाएको छ ।

अहिले कृषि प्रवद्धनात्मक सबै कार्यक्रम स्थानीय तहमा गएकाले कृषकले यसबाट धेरै भन्दा धेरै फाइदा प्रमुख पौडेलको भनाइ छ । विभागलेयस पटकको रोपाइ महोत्सब दक्षिणकाली नगरपालिकाको चन्द्रकाली पावर हाउसको आसपास गर्ने जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!