लमजुङमा धान रोपाइ सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  

लमजुङ, असार २ – असार शुरुभए लगत्तै लमजुङका विभिन्न भागहरुमा वर्षेधान रोपाई शुरु भएको छ । सिँचाई समस्या नभएका खोला तथा ढाप खेतहरुमा धान रोपाई शुरु भएको हो ।

जिल्लामा करिव १५ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने कृषि विकास कार्यलयको दावी छ । जिल्लाको केही भागमा जेठको अन्तिमबाट नै रोपाई शुरु भएको हो ।

समयमै बर्षा भएकोले पनि यो वर्ष छिट्टैनै रोपाई शुरु हुन सकेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाका मस्र्याङदीको घेर्मु, ताघ्रिङ, राईनास, मध्यनेपाल लगायतका ठाउँहरुमा धमाधम रोपाई शुरु भएको छ ।

लमजुङमा बर्खे र चैते धान गरि १६ हजार भन्दा बढि हेक्टर क्षेत्रफलमा धान खेति गरिन्छ । जिल्लामा वार्षिक ५० हजार भन्दा बढि मेट्रिक टन धान उत्पादन हुने गरेको कृषी बिकास कार्यालयको तत्याङ्क छ ।

जिल्लामा ४५ हजार हेक्टर भन्दा बढि क्षेत्रफल जमिन खेतियोग्य भएपनि १६ हजार हेक्टरमा मात्र बर्खे धान लगाइन्छ । सिञ्चाइको ब्यवस्था गर्न सके थप १६ हजार ७ सय ६९ हेक्टरमा धान खेती गर्न सकिने प्राविधिकहरु बताउछन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!