दैनिक एक माना दुध दिने यो दुधालु गोरु (भिडियोसहित)

नेपाली समाजमा एउटा उखान थियो । गोरु ब्याउँदैन, तर यो भनाइ अब गलत साबित भएको छ । सन्दर्भ हो सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, इचोक पुरानागाउँमा गोरु ब्याएको ।

इचोकका सोनम तामाङले पालेको गोरुले दैनिक एक माना दुध दिने गर्दछ । तमाङले दिनहुँ गोरु दुहेर गाउँलेलाई प्रसादको रुपमा दुध बाड्ने गर्नुभएको छ । यतिबेला उहाँको घरमा गोरुले दुध दिएको हेर्न आउनेका घुइचो नै लाग्ने गरेको छ । तामाङका अनुसार जेठदेखि गोरुले दुध दिन थालेको हो ।

गएको जेठमा गोरुको अण्डकोष नजिकै रहेका थुनबाट सेतो पदार्थ चुहिन थालेपछि उहाँले दुध हो की भन्ने शंका लागेर दुहुन थाल्नुभएको थियो । नभन्दै उहाँको त्यो प्रयास सार्थक भयो र गोरुको थुनबाट दुध नै झर्यो । यतिबेला तमाङको घरमा गोरलाई भगवान शिवजीको अवतार मानेर पूजा गर्न आउनेको पनि भिड लागेको छ ।

error: Content is protected !!