हरे वर्ष बिउ बिजनको डिएनए र फिंगर प्रिन्ट गर्न सांसदको माग

  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । सांसदहरुले बिउ बिजनको गुणस्तर नै जाँच्न नसके कृषि क्रान्ति हुन नसक्ने बताएका छन् । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गर्दै सांसदहरुले बिउ बिजनको डिएनए र फिंगर प्रिन्ट गर्न नसके कृषि उत्पादनमा क्रान्ति हुन नसक्ने बताएका हुन् । सांसद दलबहादुर रानाले डिएनए, फिंगर प्रिन्ट प्रत्येक वर्ष गर्नुपर्ने बताउुनुभयो ।

सांसद सत्यनारायण खनालले प्रदेशहरुमा समन्वय गर्ने अधिकार र अन्तर्राष्ट्रिय स्तरमा समन्वय गर्ने अधिकार केन्द्रमा राखी बिउ बिजन परिक्षण र व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने बताउनुभयो । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले सबै प्रदेशमा एक एक वटा बिउबिजन सम्बन्धी प्रयोगशाला रहेको, प्रदेश ५ मा २ वटा रहेको र निजी क्षेत्रबाट पनि ५ वटा प्रयोगशाला सञ्चालित रहेकाले यो विषयमा थप छलफल गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

बैठकमा कृषि सचिव डा. युवकध्वज जिसीले बिउ बिजन परिक्षणका आफ्नै नियमहरु रहेकाले निजी क्षेत्रलाई पनि समेटनेगरी विधेयकमा व्यवस्था गरिएको जानकारी दिनुभयो । समितिमा आज मूल ऐनको दफा ९ मा रहेको बीउ बिजन परीक्षण प्रयोगशालको स्थापना सम्बन्धी संशोधनमाथि छलफल भएको थियो ।


  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here