विष मिसिएकाे पानी पिउँदा २० विद्यार्थी बिरामी

  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ –

लेटाङ नगरपालिका–९  जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर २० विद्यार्थी बिरामी परेका छन् ।

ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको विद्यालयको प्रधानाध्यापक खेमराज दुलालले बताए । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ ।

विष कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिए। घटनापछि विद्यालय  बन्द गरिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!