यो महिनाभरी खाद्य स्वच्छता कार्यक्रम गरिने

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, जेठ ३ –  ‘हामी सबैको सरोकार : खाद्य शृङ्खलामा स्वच्छता र गुणस्तर’ भन्ने नाराका साथ दसौँ खाद्य स्वच्छता दिवस जेठभर मनाइने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयोजकत्वमा खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त दिवस मनाइन लागेको हो ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले खाद्य स्वच्छता दिवस विभागको नेतृत्वमा २०६५÷६६ देखि हरेक वर्ष खाद्य स्वच्छता र गुणस्तरको महत्वबारे सचेतनामूलक कार्यक्रम हुँदैआएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागले दस वर्षअघि सुरु गरेको यो अभियानलाई विश्व खाद्य तथा कृषि सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त आयोगको ३० औं बैठकले समर्थन गरेर विश्वभर जुन ७ मा अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउने घोषणा गरेको उहाँले बताउनुभयो ।

विभागले अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवसको सन्दर्भ पारी जेठभर खाद्य स्वच्छता दिवस मनाउने भएको पनि प्रवक्ता वस्तीले जानकारी दिनुभयो । यस अवसरमा विभागले जेठभर खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी वक्तृत्वकला, विद्यालय शिक्षा, जिल्ला (खाद्य निरीक्षण एकाइहरूको समन्वयमा)मा उपभोक्ता भेला, माइकिङ, पर्चा वितरण, मोबाइल प्रयोगशाला समेतको प्रयोग गरी होटल रेस्टुराँ मिठाइ पसलको विशेष अनुगमन गरिने र गुणस्तरहीन खाद्य बिक्री गर्नेलाई कारबाही र राम्रो गुणस्तरीय खाद्यान्न वितरण गर्ने होटल, रेस्टुरेन्टलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!