अण्डाको बजार अझै उठेन, पेशा नै छाड्ने सुरमा किसान

  • 118
  •  
  •  
  •  
  •  
  •  
    118
    Shares

चितवन – निरन्तर ओरालो लागेको अण्डाको मूल्यले गर्दा लेयर्स कुखुरा पालक किसानको पेशा नै संकटमा पर्न थालेको छ ।

एक वर्ष अगाडि मात्रै प्रति क्रेट ३ सय भन्दा माथि रहेको अण्डाको मुल्य अहिले २ सय १० रुपैयाँ रहेको छ । यो मूल्यले लागत पनि नउठेको भन्दै केही किसानले घाटा खाएर कुखुरा बिक्री गरी पेसा छाडेका छन् ।

भरतपुर महानगरपालिका वडा नंं १४ का किसान गोविन्द शर्माले भन्नुभयो ‘समय आउछ की भन्दै ७ महिनादेखि घाटामा कुखुरा पालेका छौ ।’ ५ हजार कुखुरा पाल्दै आउनु भएको उहाँले भन्नुभयो ‘दैनिक ५ हजार घाटा छ ।’

उहाँको मात्र पोल्ट्रिको राजधानी मानिदै आएको चितवनका अन्य कुखुरा पालक किसानहरु आफूहरुले उत्पादन गरेको अण्डाले उचित बजार नपाउँदा व्यवसाय पलायनको अवस्थामा पुगेका छन् ।


  • 118
  •  
  •  
  •  
  •  
  •  
    118
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here