अण्डाको मूल्य फेरी बढ्यो, प्रतिगोटा १५ रुपैयाँ

काठमाडौं –

अण्डाको मूल्य फेरी बढेको छ । केही समय देखि निरन्तर रुपमा बढेको अण्डाको मूल्यले अण्डा उत्पादक किसानमा खुसी छाएको छ भने उपभोक्ता मर्कामा परेका छन् ।

अहिले किसानले प्रतिक्रेट अण्डाको मूल्य ३३० पाएको बताएका छन् । यसअघि प्रतिक्रेट ३१५ रुपियाँ रहेको थियो । किसानदेखि उपभोक्ताको हातसम्म पुग्दा चार चरणको तह पार गर्दै जाँदा मूल्य बढेर प्रतिगोटा १४ रुपियाँ पुगेको छ ।

गएको एक वर्ष अगाडि यही समयमा उच्च मूल्य पाएपछि अण्डा उत्पादक किसानले राम्रै नाफा कमाएका थिए । गएको वैशाख, जेठमा पनि अण्डा प्रतिक्रेट ३६५ रुपियाँमा बिक्री भएको थियो । गत वर्ष २०७३ साउनदेखि असोजसम्म प्रतिक्रेट २८० रुपियाँ थियो ।

यो दर वृद्धि भएर कात्तिकमा आउँदा ३२५ रुपियाँ, मङ्सिरमा ३४० रुपियाँ, चैतको सुरुवातमा ३२० रुपियाँ र चैतको दोस्रो हप्ताबाट लगातार ३६५ रुपियाँमा बिक्री भएको थियो । यस वर्ष पनि एक महिना अगाडिसम्म प्रतिक्रेट ३१५ रुपियाँमा किसानले बिक्री गरेका थिए ।

किसानले प्रतिक्रेट दुई सय ८० रुपियाँसम्म मूल्य पाएम घाटा लाग्दैन । अहिले नेपालमा दैनिक ३० लाख अण्डा उत्पादन हुने गरेको बताइएको छ । पछिल्लो समय उपभोत्ताले अण्डा खुद्रा मूल्यमा प्रतिगोटा १५ रुपियाँमा खरिद गर्न परेको गुनासो गरेका छन् ।

error: Content is protected !!