नेपालमा रोजगारीको समस्याकी जागरको ?

  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

सिराहा । रोजगारीका लागि युवा विदेशिने क्रम बढेसँगै यहाँको मुख्य बाली धान भित्र्याउने समयमा सिराहामा कृषि मजदुरको अभाव देखिएको छ । मजदुरको अभावका कारण मङ्सिर आधा भइसक्दासमेत सिराहाका कृषकले धान भित्र्याउन सकेका छैनन् ।

घरका युवा विदेशिएका कारण धान कटनी र थन्क्याउने जिम्मेवारी अहिले महिला र वृद्धवृद्धाको फाँटमा परेको छ । धान कटनी र थन्क्याउन कृषि मजदुर नै पाइँदैन, दुई बिघा जग्गामा धान खेती गरेका सिरहा बथनाहाका वृद्ध कृषक सीताराम साहले भन्नुभयो, छोराहरू बाहिर छन्, आफूले काम गर्न सक्दिनँ । बूढी श्रीमती र बुहारीले धानको काम गरिरहेका छन् ।

खेतीपातिको जिम्मेवारी बुढ्यौली काँधमा परेको छ, उहाँले भन्नुभयो, रोपाइँको बेला मजदुर पाउँदा खेतीपाती गर्न त सहज भयो तर अहिले मजदुर अभावले धान कटनीमा समस्या आएको छ । धान रोपाइँका बेला पनि मजदुर समस्या भोग्नुभएको उहाँले धान कटनी नसकेकाले हिउँदे बाली गहुँ लगाउन ढिलाइ भइरहेको सुनाउनुभयो ।

सिरहा बथनाहाका ६९ वर्षीय वृद्ध गङ्गाराम साफी आफ्नी पत्नी र बुहारीसहित धाट्दै गर्दा खेतमा भेटिनुभयो । उहाँले भन्नुभयो, दुई छोरामध्ये जेठो जागिरमा र कान्छो वैदेशिक रोजगारका लागि कतार गएकोले वृद्ध उमेरमा समेत सुख पाइएको छैन ।

उहाँले भन्नुभयो, जसोतसो बुढ्यौली शरीरले खेतीपाती धानेका छौँ । गुजाराका लागि पनि खेती नगरी धरै पाइन्न । यो मौसममा सीताराम र वृद्ध गङ्गाराम मात्र खेतबारीमा भेटिँदैनन्, गाउँका सबै वृद्धवृद्धा खेतबारीमा सकी नसकी काम गरिरहेका देखिन्छन् ।

कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार सिरहामा रोपाइँ भएको ५८ हजार हेक्टर धान खेतमा अहिलेसम्म मुस्किलले २५ प्रतिशतले मात्र धान थन्क्याउन सकेका छन् । उत्पादित धान असोज अन्तिम सातादेखि नै कृषकले भित्र्याउन थाले पनि मजदुरको अभावका कारण भित्र्याउने गतिमा तीव्रता आएको छैन ।

सिरहामा दुई दशमलव चार मेट्रिक टन प्रतिहेक्टरको दरले एक लाख ३९ हजार मेट्रिक टन धान उत्पादन हुनसक्ने केन्द्रको दाबी छ तर उत्पादन भइसकेको धान पनि भित्रिन नसक्दा यसले आउँदो हिउँदे बालीमा असर पुग्ने चिन्ता छ ।

पहिलेपहिले जग्गावालले राखेका हरुवाचरुवाले आ–आफ्ना जग्गावालका साथै अन्य कृषकका धान काट्ने गर्दथे तर अहिले हरुवाचरुवा पनि बिस्तारै स्वरोजगारतर्फ उन्मुख हुँदै गएपछि अहिले उनीहरू खेतमा आउन चाहँदैनन्, हरुवाचरुवा सशक्तीकरण अभियान सञ्चालन गर्दै आउनुभएका सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले भन्नुभयो, स्वरोजगारबाट आर्जन भएको केही रकम खर्चिएर दलित समुदायका युवा मजदुरी गर्न भारततर्फ गइसकेका छन् ।

कृषक मजदुरको बस्ती भनेर चिनिएको धनगढीमाई नगरपालिका–९, मुसहरनियास्थित सदाय बस्तीका श्याम सदायले भन्नुभयो, एक वर्ष भारतको दिल्ली पञ्जाबमा खट्दा ५० देखि ६० हजार भारुसम्म कमाइन्छ अनि किन यहाँ त्यतिकै आफ्नो परिश्रम खेर फाल्नु, सदायका अनुसार दिल्ली पञ्जाब पसेका अधिकांश नेपाली युवाले रातको चौकीदार, होटलमा काम गर्ने, काठको काम गर्ने, कोइलाखानीमा काम गरेर राम्रै आम्दानी प्राप्त गर्दछन् ।


  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here