गोरखाका राजेन्द्रराज पन्त भए यो वर्षको उत्कृष्ट कृषक

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – हरेक वर्षजस्तै यो वर्ष पनि सरकारले कृषिका विभिन्न विद्यामा उल्लेखनीय योगदान पुरयाउने पाँच जना किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गरी देशभरबाट छनौट भएको एक सर्वोत्कृष्ट र चार जना उत्कृष्ट गरी पाँचजना किसानलाई यो पुरस्कार प्रदान गरेको हो ।

विभिन्न प्रकारको मापदण्डको आधारमा यो वर्ष देशभरबाट सर्वोत्कृष्ट किसानको रुपमा गाई पालनतर्फ गोरखा पालुंगटारका राजेन्द्रराज पन्तलाई पुरस्कार दिइएको छ । पन्तलाई नगद दुई लाखसहित सम्मान गरिएको हो ।

यसैगरी उत्कृष्ट किसानको रुपमा बाख्रापालनतर्फ चितवन भरतपुरका योगेन्द्रवहादुर खड्का, च्याउखेतीतर्फ बाँके खजुराका लालबहादुर सुनार, माछा उत्पादन तथा प्रजननतर्फ धनुषा ननुपट्टीका बौएलाल मुखिया र केराखेतीतर्फ कैलाली टिकापुरका रामबहादुर कुंवरलाई जनही एक लाख रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ।

सरकारले किसानको परिश्रम र पेशालाई सम्मान गर्ने उद्देश्यले आर्थिक वर्ष २०७०।७१ देखि देशभरबाट पाँच जना किसानलाई छनौट गरी यो पुरस्कार प्रदान गर्दैआएको छ । यसवाहेक सरकारले जिल्ला तह र क्षेत्रिय तहमा पनि किसानबीच प्रतिस्र्पधा गराएर यस्तो पुरस्कार प्रदान गर्दैआएको छ । जिल्ला तहबाट क्षेत्रीय तहमा र क्षेत्रीय तहबाट राष्ट्रिय तहमा प्रतिस्र्पधाको आधारमा यो पुरस्कार सरकारले प्रदान गर्दैआएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!