फूल लाग्ने बेलाको आँपमा फड्के किराको आक्रमण, औषधी प्रभावकारी नभएको किसानको आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  

सप्तरी,
चैत्र ९ – आँपको फूल खेल्ने समयमा मधुवा रोग (फड्के किरा) लाग्न थालेपछि सप्तरीका कृषक चिन्तित भएका छन् । मधुवा रोग लाग्न नदिन औषधी छरेपनि खासै प्रभावकारी हुन नसकेको किसानहरुले बताएका छन् । अन्य वर्षको तुलनामा यसवर्ष आँपमा राम्रोसँग फूल लागेपछि उत्पादनमा वृद्धि हुने आश गरेका किसान किरा लागेपछि चिन्तित भएका हुन् ।

आँपमा लाग्ने रोगको प्रकोपबाट जोगाउन र बगैँचाको स्याहार गर्न जोखिम बढेपछि कृषकले आँप फुल्ने समयमा नै बगैँचा व्यापारीलाई बिक्री गर्न थालेका छन् ।

सप्तरीमा ६० प्रतिशत मालदह आँप, २० प्रतिशत कलकतिया, १५ प्रतिशत बम्बई र अन्य जातका ५ प्रतिशत आँप लगाउने गरेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको धरमपुर, रुपनगर, घोघनपुर, जगतपुर, कंचनपुर, तेरहौता, प्रसबनी, बकधुवा, कुशहा, कल्याणपुर, कडरबोना, कठौना आँप खेतीका लागि प्रख्यात ठाँउ हुन् ।

सप्तरीमा ७ हजार हेक्टरमा आँप उत्पादन गर्ने क्षेत्र भएपनि अहिले ५ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्र आँप उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले जानकारी दिनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!