फाफरको फुलले थपिदियो सुन्दरता

  •  
  •  
  •  
  •  
  •  
  •  

मनाङ – प्राकृतिक सुन्दरताले पर्यटकलाई लोभ्याउने मनाङमा यतिबेला फाफरको फुलले झनै मनमोहक बनाएको छ ।

मनाङको मुख्य बाली फापर फुल्ने सिजन भएकोले यतिवेला मनाङका सबै भिरपाखा रङगिन देखिएका छन् । मनोरम हिमालको दृश्यावलोकन तथा साहासिक यात्राका लागि मनाङ आउने पर्यटकलाई यतिवेला फापरको फुलले थप रौनक थपिदिएको छ ।

अन्नपुर्ण पदमार्गमा आएका पर्यटकहरु विश्व प्रसिद्ध थ्रोङला पास, गन्तव्य तिलिचो लगायत साहसिक भ्रमणको लागि मनाङ पुग्ने गर्दछन् । पर्यटन सिजन शुरु भएसँगै मनाङमा फुलेको फापरले पर्यटकहरुलाई थप आकर्षित बनाईदिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!