दाङ । पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा गरेका छन् । यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ पूजा गरेका हुन । बाली किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले वर्षेनी पूजा गरिन्छ ।

धान रोपाई सकेको केही दिनपछि पश्चिम तराईका थारु समुदायमा गाउँभरका मानिसले भेटीका लागि रकम जम्मा गर्छन् ।

संकलन भएको रकमले पूजा समग्री किन्ने र देवी देवतालाई चढाउन मिठाई र पूजासामग्री किनेर पूजा गर्छन । यसले फसल उत्पादनमा व्यवधान नहुने विश्वास गरिन्छ । हरेरी पूजा थारुहरुको मौलिक संस्कृतिभित्र पर्छ ।

Leave a Reply