किसानलाई जैविक सुरक्षा तालिम

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन, चैत २९ – चितवनमा व्यावसायिक रुपमा पालिएका कुखुराहरु केही दिनदेखि अचानक मर्न थालेपछि किसानहरुलाई जैविक सुरक्षा तालिम प्रदान गरिएको छ ।

चितवन र नवलपुर क्षेत्रका किसानहरुलाई दिइएको जैविक सुरक्षा तालिममा कुखुरा पाल्दा अपनाउनुपर्ने सावधानी, सरसफाई, औषधिको प्रयोग बारे जानकारी दिइएको थियो । कार्यपत्र प्रस्तुत गर्दै विभिन्न व्यक्तिहरुले कुखुराको जैविक सुरक्षाको साथै खोप लगाउनुपर्ने, कुखुरा पालन व्यवस्थापन गर्दै स्वस्थ कुखुरा उत्पादन गर्न किसानलाई सुझाव दिएका थिए ।

जैविक सुरक्षा अपनाउन सकेको अवस्थामा कुखुरामा लाग्ने अधिकांश रोगहरु नियन्त्रण गर्न सकिने पशु चिकित्सकहरुको भनाइ छ ।

कुखराहरुमा साउनदेखि पुष महिनासम्म खासै रोगको प्रकोप नदेखिने गरेको भएपनि जाडो सकिएर गर्मी लाग्ने समयमा रोगको संक्रमण बढी देखिने गरेकाले खोर सरसफाई, कुखुराको खाना, बाहिर पंक्षीहरुको संसर्गलगायतका कुराहरुमा ध्यान दिनुपर्ने डाक्टर रेवन्तकुमार भट्टराईले बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!