प्रदेश १ मा ३५ अर्ब ९३ करोड ६० लाखको बजेट(पूर्णपाठसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ – उद्योग कृषि र शहरी विकासमा जोड दिँदै प्रदेश १ मा ३५ अर्ब ९३ करोड ६० लाख को बजेट सार्वजनिक गरेको छ ।

आर्थिकमामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा बजेट पेश गर्नुभएको थियो । बजेटमा तमोर र दूधकोशी लगायतका विभिन्न जलाशयबाट ५ बर्षभित्र ५४ मेघावाट र १५ बर्षभित्र ४ हजार ५ सयमेघावाट विधुत उत्पादन गर्ने योजना उल्लेख छ । प्रदेशले प्रत्येक स्थानीय तहमा कम्तीमा १ करोड रकम पर्नेगरी आयोजनाको बाँडफाँड गरेको छ । सौर्यशक्ति, वायु र उर्जा उत्पादनका लागि प्रदेश सरकारले ७१ करोड रकम विनियोजन गरेको छ ।

५ बर्षमा सबै स्थानीय तहमा औधोगिक ग्रामको स्थापना गरी गरीबिमुक्त प्रदेश गर्ने प्रदेश सरकारको योजना छ । त्यस्तै प्रदेशमा हाल निष्क्रीय रहेका उद्योगहरु जगाउने योजना समेटिएको छ, उद्योग क्षेत्रका लागि प्रदेश सरकारले १ अर्ब ३० करोड रकम विनियोजन गरेको छ । शिक्षा क्षेत्रमा १ अर्ब ३५ करोड रकम छुट्याएको प्रदेश सरकारले ३ बर्षभित्र सबै बिद्यालयलमा इन्टरनेट सेवा पु¥याउने तथा योगमाया विश्वबिद्यालय स्थापनाका लागि डिपीआर तयार गर्ने बिषयलाइ प्राथमिकतामा राखेको छ । त्यस्तै ५ बर्षभित्र शरणर्थी र सुकुम्बासी समस्या समाधान गर्ने प्रदेश सरकारको योजना छ ।

प्रदेश सदरमुकाममा ५ सय शैयाको अस्पताल, र प्रत्येक स्थानीय तहलाइ स्वास्थ्इ सेवायुक्त क्षेत्र बनाइने बजेटमा उल्लेख छ । स्वास्थ्य क्षेत्रमा मात्रै प्रदेश सरकारले १ अर्ब ४४ करोड रकम छुट्याएको छ । इटहरीमा अन्तरराष्ट्रिय क्रिकेट मैदान स्थापना गरिने राजधानीसहित २ वटा शहरलाइ स्मार्ट सिटी बनाइने इटहरी र धरानमा अन्तरराष्ट्रिय सभाहल बनाइने संभाव्यताका आधारमा अन्य शहरहरुलाइ समेत सुनियोजित शहर बनाइने बजेटमा उल्लेख छ ।

युवा तथा खेलकुद विकासका लागि प्रदेशले मुख्यमन्त्री युवा कार्याक्रमको योजना बनाएको छ । त्यस्तै सडक र संरचना विकासका लागि प्रदेश गुरुयोजनाका आधारमा काम गर्ने योजना बनाइएको छ । जल उत्पन्न प्रकोप व्यावस्थापन र वन संरक्षणका लागि २ अर्ब ७४ करोड रकम छुट्याइएको छ । प्रदेश १ को बजेटले सञ्चारकर्मी कार्यालय ुमयमा कुनैपनि किसमको दुर्घटनामा परे सरकारले उपचार खर्त बेहोर्ने घोषण गरेको छ । त्यस्तै प्रदेशमा सञ्चालन हुने सबै किसिमका कार्याक्रम महिलामैत्री हुने समेत बजेटमा उल्लेख छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!