नेपालको कोदो बिक्दैन तर करोडौं खर्चेर विदेशबाट कोदो ल्याइन्छ

  • 279
  •  
  •  
  •  
  •  
  •  
    279
    Shares

काठमाडौं । नेपालको ग्रामिण क्षेत्रमा प्रशस्त रुपमा पाइने कोदो सात महिनाको अवधिमा भारतबाट पाँच करोड रुपैयाँको आयात भएको छ । नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने कोदो ग्रामिण क्षेत्रबाट ल्याउन भन्दा भारतबाट आयात गर्नतर्फ केन्द्रीत भएको पायइएको छ । जसका कारण नेपालको अर्थतन्त्र र कृषि उत्पादनमा ह्रास आउँदै गर्दा परनिरर्भरता पनि बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा झण्डै पाँच करोड रुपैयाँको कोदो आयात भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि माघ महिनासम्म भारतबाट नेपालमा १४ लाख ५४ हजार किलो कोदो आयात भएको छ । यसको मूल्य चार करोड ८१ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

यस्तै चीनबाट १२ हजार रुपैयाँ बराबरको एक सय २५ किलो कोदो आयात भएको छ ।

आर्थिक वर्ष २०७६र०७७ मा झण्डै २२ लाख किलो कोदो आयात भएको थियो । आर्थिक वर्ष २०७५र०७६ मा आठ करोड तीन लाख रुपैयाँ बराबरको २९ लाख १० हजार किलो कोदो आयात भएको थियो । यो सबै भारतबाट आयात भएको हो ।

यो आर्थिक वर्षको पहिलो सात महिनामा झण्डै ४९ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । साउनदेखि माघसम्म ४८ अर्ब ८७ करोड रुपैयाँको खाद्यान्न विभिन्न देशबाट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । हरिया तरकारीदेखि फलफुल र दाल, चामल पनि नेपालले विदेशबाटै किनेको छ ।


  • 279
  •  
  •  
  •  
  •  
  •  
    279
    Shares
error: Content is protected !!