मेहनतले नेपालमै मालामाल : माछा पालेर मासिक एक लाखको कमाइ

बागलुङ, जेठ १२ – ब्यावसायिक कुखुरा तथा माछा पालनबाट बागलुङका एक युवाले मासिक लाख रुपैयाँ भन्दा बढी कमाउन सफल भएका छन् । गलकोट नगरपालिका १ दुदिलाभाटीका युवा कृषक पदम कार्कीले कुखुराको अण्डा तथा माछा बेचेर एक लाख आम्दानी गर्न सफल भएका छन् ।

कार्कीले २०७० सालदेखि ब्यबसायिक रुपमा लेयर्स कुखुरा पालन गरेर अण्डा उत्पादन गर्दै आएका हुन् । ४ मुरी धान उत्पादन हुने खेतमा ५ लाख लगानी गरी ब्यवसाय सुरु गरेको कार्की बताउँछन् ।

सुरुमा १ हजार कुखुराबाट ब्यबसाय थालेका कार्कीको फर्ममा अहिले २ हजार कुखुरा छन् । कार्कीले दैनिक तीन हजार बराबरको अण्डा बिक्री गर्दै आएका छन् ।

बर्षको एकपटक धान मात्र फल्ने सिमखेतमा कार्कीले स्थानिय असला माछासंगै विभिन्न प्रजातिका माछा पाल्दै आएका छन् ।

error: Content is protected !!