अवैध तरिकाले माछा मारेपछि खोलामा माछा रित्तिए

ताप्लेजुङ, वैशाख ७ –

ताप्लेजुङको स्थानीय खोलामा करेन्ट र विषादी प्रयोग गरी माछा मार्न थालेपछि खोला र नदीमा माछा तथा जलचर सकिँदै गएका छन् ।

जिल्लाका अधिकांश खोला नदीमा स्थानीयले करेन्ट र विषादी प्रयोग गर्ने क्रम बढेपछि माछा तथा जलचर सकिन थालेका हुन् । नदी तथा खोलामा विषादी, ब्याट्री, तार र इन्भर्टरको साथै विस्फोटक पदार्थको सहयोगबाट स्थानीयले अवैध रूपमा माछा मार्दै आएका छन् ।

विषादी हालेर र करेन्ट लगाएर माछा मार्नु कानुनविपरीत हो । तर, करेन्ट लगाउनेलाई कसैले पनि रोक छेक गरेको देखिँदैन । राज्यले प्रतिबन्ध गरेको विषादी र करेन्ट लगाउने प्रवृत्तिले खोलामा माछा मार्ने परम्परा बढेसँगै जलचर लोप हँुदै गएको छ ।

खोलामा माछा सकिँदै जादाँ वर्षौंदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी जातिको पुर्खौली पेसासमेत संकटमा पर्न थालेको छ ।

error: Content is protected !!