बाटोको नाममा जथाभावी वन फडानी

धरान – सामुदायिक वन उपभोक्ता समूहको संरक्षित वन क्षेत्र भित्र बाटो बिस्तार गर्ने भन्दै धरान ४स्थित पत्रङबारी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको मिलेमतोमा वन फडानी भएको छ । करिब १ किलोमिटर बाटो बिस्तार गर्ने नाममा समूहले ३३ वटा सखुवा र चिलाउनेको पोल साईजका लाथ्रा कटान गरेका छन् ।

वन क्षेत्रबाट धरान ४ स्थित लामाचौरबाट गैह्रीटोल जाने बाटो बिस्तारका नाममा पत्रङबारी सामुदायिक वन उपभोक्ता समुहका कार्यवाहक अध्यक्षसहित मुख्य ४ पदाधिकारीले सामुदायिक वनको नीति विपरीत सब डिभिजन वन कार्यालय धरानका प्रमुखको मिलेमतोमा वन फडानी गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।

नियम विपरित समुहका सहसचिव चन्द्र कुलुङको मौखिक आग्रहमा वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले रुख कटान गर्न अनुमती दिएको उपभोक्ताहरुको भनाई छ । उपभोक्ताले वन कार्यालयमा उजुरी गरेपछि रुख कटानमा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको छ ।

बाटो बिस्तारका लागि बजेट विनियोजन गरिदिने भनेकाले बाटो छेउमा भएका रुखहरु कटान गरिएको हो । नगरपालिकामार्फत आउने बजेटमा नगरप्रमुखको कार्यक्रम अन्र्तगत बाटो बिस्तारका लागि बजेट विनियोजन भएकाले काम अघि बढाइएको समुहको दावी छ ।

विकाश गर्दा केही विनाश त हुन्छ नै तर पनि नियम विपरित वन फडानी गर्ने उपभोक्ता समूह र वन कार्यालयका पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन आवश्यक छ ।

error: Content is protected !!