गण्डकी प्रदेशका यी नयाँ १ सय १० पर्यटकिय गन्तव्य

  •  
  •  
  •  
  •  
  •  
  •  

कास्की – आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको गण्डबी प्रदेश सरकारले प्रदेशका सबै जिल्लाका मुख्य पर्यटकिय गन्तव्यको पहिचान गरी सार्वजनिक गरेको छ ।

सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको गण्डकी सरकारले प्रदेशका प्रत्येक जिल्लाका १० १० वटा पर्यटकीय स्थल सार्वजनिक गरेको हो।

गण्डकी सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष, २०२० लाई छिमेकी मुलुकका पर्यटक भ्रमण वर्ष र २०२१ लाई अन्तर्राष्ट्रिय पर्यटक भ्रमण वर्षको रुपमा घोषणा गरी प्रचार प्रसारको काम सुरु गरेको पर्यटन मन्त्रालयले जनाएको छ।

प्रदेशले सार्वजनिक गरेको पर्यटकीय ठाउँहरूको भौतिक संरचना बनाउन प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय समेत गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।

सन् २०१९ मा १५ लाख पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने लक्ष्यका साथ कामहरू अघि बढेको समेत मन्त्री लम्सालले जानकारी दिनुभयो । पर्यटनलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख खम्बा मानेको गण्डकी सरकारले केही पुराना र केही नयाँ ठाउँहरूलाई समेटेर पर्यटकीय गन्तब्यहरू सार्वजनिक गरेको हो।

यी हुन गण्डकी प्रदेशले घोषणा गरेका पर्यटकिय गन्तव्य

कास्की

फेवाताल, तालबाराही मन्दिर, बेगनासताल, रूपाताल लगातका तालहरू, विन्ध्यावासिनी मन्दिर, सराङकोट, अन्नपूर्ण बेस क्याम्प, पातले छाँगो, विश्व शान्ति स्तुपा, यहाँका गुफाहरू, ऐतिहासिक कोटहरू र काहुँडाँडा कास्कीका पर्यटकीय क्षेत्रहरू हुन्।

गोरखा

गोरखा दरवार र गोरखा संग्राहलय, मनाकामना मन्दिर र केलबकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखाकालिका, बारपाक, लाप्राक, मनास्लु हिमाल र मनास्लु संरक्षण क्षेत्र, लार्केपास, छेकम्पार र लिगलिगकोट ।

मनाङ

तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल र पदमार्ग, कर्णताल, थोन्चे–लार्के पदयात्रा,मनाङ–थोराङपास पदयात्रा, नारफु–काङला पदयात्रा, तिब्वतीयन बंकर मनाङका प्रमुख पर्यटकीय गन्तब्य हुन्।

मुस्ताङ

मुक्तिनाथ मन्दिर, कागवेनी तिर्थस्थल, कुछप तेरेङ्का गुम्बा, ल्हो घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरबार र गुफाहरू, धौलागिरी आईस फल, लियोपार्ड क्याप जोमसोम गाँउ र टिटि ताल मुस्ताङका प्रमुख पर्यटकीय क्षेत्रहरू हुन्।

बाग्लुङ
बाग्लुङ कालिका भगवतीको मन्दिर देखि ढोरपाटन संरक्षण क्षेत्र समेतका रहेका छन्। बाग्लुङकालिका, पन्चकोट–शालिग्राम संग्राहलय तथा रंगवेकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा धार्मिक क्षेत्र, घुम्टेको लेक, गाँजाको दह, भैरव स्थान मन्दिर तथा भकुण्डे, जैमिनीधाम–माइस्थान–हाडिकोट बाग्लुङका पर्यटकीय क्षेत्र हुन। त्यस्तै सत्यावती मन्दिर, रामकोट, भुलेनी, विउकोट, शिवधुरी–हिमालयन भ्यूप्वाइन्ट, गाँइघाट झर्ना पनि पर्यटकीय गन्तब्यहरू हुन्।

म्याग्दी

गलेश्वर धाम, सत्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्के धुरी, धौलागिरी वेस क्याप, धौलागिरी हाइसफल र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, खोप्रा लेक र सिंगा तातोपानीलाई राखेको छ।

पर्वत

भमरकोट माटे जलजला, हम्पाल, कालान्जर पर्वत, पन्चासे पन्चधाम रमणिय धार्मिक क्षेत्र, डहरेनिल कण्ठ पर्वत रहेका छन्। त्यस्तै प्राकृतिक टावर, चिसापानी, कालिका र सुर्यस्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिकक्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरू, महाभिर छहरा आरोहण, वन्जीजम्प, स्काइ साइक्लिङ र स्वीङ रहेका छन्।

स्याङ्जा

शाल्मेडाँडा–गोर्खा स्मारक, नुवाकोट कालभैरव मन्दिर, शिरुवारी पर्यटकीय गाउँ, आलमदेवि मन्दिर, स्वरेकको प्याराग्लाईडिङ खेल मैदान, चण्डीथान, कालिका, अन्धाअन्धी, छुयाङछ्याङदी, राम्दीधाम र मीर्मी सेदिवेणी रहेका स्याङ्जाका पर्यटकीय क्षेत्रहरू हुन्।

लमजुङ
लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, घनपोखरा, ईशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी, सिउरुङ गाउँ र काउलेपानी गाउँ रहेका छन्।

नवलपुर

मौलाकालिका, देवचुली, बरचुली पिकहरू, त्रिवेणी गजेन्द्र मोक्ष धाम, दाउन्ने देवी, कैलास पर्वत, घुमाउरीघाट, लोसेधारा, कैशाल आश्रम, चौधरीको शास्वत धाम, अकलादेवी र मन्यविन्दु रहेका छन्।

तनहुँ

बन्दीपुर, देवघाटधाम, ढोरबाराही, छाप्दी बराही, व्यास गुफा, घाँसीकुवा, तनहुँसुर, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर, बुढी देवता मन्दिर आँधीमुल, बाराही र मिर्लुङकोट रहेका छन्।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here