विदेश लाने तयारी गरिएका ५० वटा गोरु प्रहरीले नियन्त्रण्मा लियो

  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके, वैशाख २ – विदेश लैजानका लागि तयारी अवस्थामा राखिएका ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसाह गाउँ बाहिर जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाँधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो ।

शनिबार नियन्त्रणमा लिइएको गोरुलाई गएराति नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । पछिल्लो समयमा तस्करी गरेर भारतको उत्तरप्रदेश तथा आसपासबाट संकलन गरी नेपाल ल्याउने भन्सार तथा पशु करेन्टाइनबाट समेत कागजपत्र मिलाएर पूर्वी नाका हुँदै बाहिरी मुलुक पुर्याउने गरिन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!