नेपालमा २ करोड ६० लाख रोपनी खेती योग्य जमीन बाँझो, सरकारले उपयोग नीति ल्याउँदै

काठमाडौँ, जेठ १५ – वाम सरकारले नेपाललाई अबको ५ वर्षभित्रमा कृषिमा आत्मनिर्भर बनाउने कार्य योजना सार्वजनिक गरेको छ । आगामी पाँच वर्षभित्र कृषि क्षेत्रको परनिर्भरता घटाउन प्रक्षेपण पनि गरिएको छ ।

आर्थिक वर्ष २०७५ ७६ का लागि जारी गरिएको आर्थिक सर्वेक्षणमार्फत सो प्रक्षेपण गरिएको हो । दाल, तरकारी, चामल, मकै, मासु, फलफूललगातयका खाद्यन्न भारत र चीनबाट आयात गरिँदै आएको छ ।

हाल प्रतिमहिना रु एक अर्बको चामल बाँझो जमीनको उपयोग, सामूहिक, करार र सहकारी खेतीलाई प्राथमिकता युवा आकर्षित कार्यक्रम, रासायनिक मल, बीउबिजन र कीटनाशक औषधिमा अनुदान तथा कृषि कर्जाको सहजीकरण र सिँचाइमार्फत कृषिमा आत्मनिर्भर हुने बाटो तय गरिएको हो । अहिले कूल खेतीयोग्य जमीनको दुई करोड ६० लाख रोपनी जमीन बाँझो रहेको छ ।

सो जमीनको उपयोग गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पकेट, ब्लक, जोन, र सुपर गरी चार किसिमको उत्पादन प्रशोधन एवं औधोगिक केन्द्र निर्धारण गरिने उल्लेख छ । बाँझो खेतमा किसानलाई खेती गर्न प्रोत्साहित गरेर उत्पादकत्व बढाउने सरकारले योजना ल्याएको छ ।

error: Content is protected !!