चैते धान लगाउने कि मकै ? छनौट आफ्नै !

  • 560
  •  
  •  
  •  
  •  
  •  
    560
    Shares

नेपालमा बर्षे सिजनमा खेती गरिने प्रमुख बाली धान र मकै हुन् । नेपालको प्रमुख खाद्यान्न बाली धान १४९१,७४६ हेक्टरमा खेती भै ५६१०,०११ मे.टन उत्पादन हुन्छ भने ९५६,४४७ हेक्टरमा खेती भै २७१३,६३५ मे.टन उत्पादनका साथ मकै दोश्रो प्रमुख खाद्यान्न बाली हो । नेपालमा धान र मकैको सरदर उत्पादकत्व क्रमशः ३.७६ र २.८४ मे.टन प्रति हेक्टर रहेको छ । चामल तथा मकै दुबै खाद्य बस्तु बर्षेनी उल्लेख्य मात्रामा आयात हुँदै आएको छ र आयात प्रतिस्थापन मात्र गर्न सके पनि कृषि क्षेत्रको सकारात्मक भूमिका देखिन्थ्यो । परम्परागत रुपमा मकै आकाशे पानीका भरमा बारीमा मात्र लगाउने अभ्यास थियो र खेतमा धान पछि हिउँदमा गहुँ, मसुरो, चना, खेसरी, आलस, तोरी÷रायो वा आलु लगाउने बाली चक्र अपनाउने गरिंदै आएको पाईन्थ्यो ।

तर पछिल्ला बर्षहरुमा नयाँ प्रबिधीको बिकास संगै खेतको बाली चक्रमा हिउँदमा मकै र बसन्त याममा चैते धान वा बसन्ते मकैको खेतीले प्रबेश पाएको छ । बारीमा बर्षे याममा मात्र सिमित रहेको मकै खेतमा हिउँद र बसन्त याममा तथा बर्षमा एकबाली मात्र लगाईने धानले बसन्त याममा समेत २ बालीका रुपमा खेती हुने गरेको छ ।

यी दुबै बाली स्प्रिङ सिजन यानी बसन्त याममा लगाउने भएता पनि धानलाई चैते र मकैलाई बसन्ते भन्ने गरिन्छ । मकै भने तराईमा पूmल फुल्ने समयमा अत्याधिक चिसो र अत्याधिक तातो हुने समय छली बर्षै भरी लगाउन सकिने भएको हँुदा हिउँदे याममा लगाउँदा बढी उत्पादन लिन सकिन्छ । यो प्रणाली पूर्बि र मध्य तराईका क्षेत्रहरुमा बढी अभ्यासमा रहेको पाईन्छ । चैते धानको क्षेत्रफल १२०,०३८ हे. र हिंउँदे तथा बसन्ते मकैको अनुमानित १२५,००० हे. क्षेत्रफल रहेको छ भने बसन्ते मकैको मात्र आँकडा उपलब्ध छैन ।

धान पछि बसन्त याममा यी दुबैबाली सफल खेतीका रुपमा नेपालमा स्थापित भैसकेका छन् । पूर्बि जिल्ला झापामा हिउँदमा धान पछि गहुँ खेती मकैले बिस्थापित हुँदै भन्ने समाचार पनि आएको थियो । बिस्तारै यी प्रबिधी नेपालका सबै तराई जिल्लाका सिंचित क्षेत्रमा शुरु हुँदै गरेको पाईन्छ र बर्षे धान पछि खाली रहने जमीनमा पनि यी बाली लगाईनाले खाद्यान्न बालीको उत्पादन बढ्ने छ । प्रचलित धान –गहुँ प्रणालीको केहि हिस्सा लाई धान– मकै– खाली, धान– खाली– मकै, धान–खाली– धान चक्रले बिस्थापित गर्ने देखिदैं छ ।

यसका लागि धान गहुँ पद्धतीको तुलनामा धान पछि धान वा मकै खेती प्रणाली बढी उत्पादनशिल र बढी आर्थिक लाभप्रद हुनु नै मुख्य कारण हुन सक्दछ । कुनै स्थानमा परम्परागत बाली प्रणाली वा बाली भन्दा नयाँ प्रणाली वा नयाँ बाली बढी उत्पादनशिल र आयमुलक देखिन्छ भने नयाँ बिकल्प अपनाउन नै उचित हुन्छ र अनिबार्य अपनाईनु पर्दछ पनि । धान पछि बसन्ते मकै वा चैते धान खेतीका पनि तुलनात्मक लाभ, सहजता, कठिनाई र सवल वा दुर्बल पक्ष बारेमा छलफल र बिश्लेषण गरी एकबाली लगाउनु नै बुद्धिमानी हुनेछ । चैते धान वा मकैका सबल र सकारात्मक पक्ष लगायत फाइदाको फरक बारेमा यहाँ छोटकरीमा बिबेचना गरिएको छ ।

 

सरकारका तर्फबाट बिभिन्न समयमा चैते धान लाई बिभिन्न कार्यक्रम धान मिशन, चैते धान कार्यक्रम, र अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान जोन आदि बाट प्रोत्साहन दिने गरेको पाईन्छ । त्यस्तै मकै लाई बिभिन्न कार्यक्रम मकै मिशन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन आदि बाट प्रोत्साहन दिने गरेको छ ।

सरोकारवाला पक्ष, बैज्ञानिक, प्राबिधिकहरु पनि आ–आफ्नो कार्य सम्बन्धित बाली चैते धान वा मकै प्रर्वदनका बारेमा पक्षधर भै बोल्ने गरेको पाईन्छ । एउटा कुरा सत्य के हो भने बर्षे धान पछि खेतमा चैते धान वा बसन्ते मकै लगाई निश्चित रुपले श्रम, पुंजी, साधन (जमीन) को उत्पादकत्व बढाई उत्पादन बढाउन सकिन्छ । धान पछि हिउँदे मकैका रुपमा लगाउन सके थप उत्पादन बृद्धि हुनेछ । त्यसैले सिंचाई सुबिधा भएका तराइ क्षेत्रमा चैते धान वा बसन्ते÷हिउँदे मकै लगाई खाद्यान्नको उत्पादन क्षेत्र र उत्पादन बढाउन अग्रसर बनौं ।
किसान समुदायहरु ! खाली खेतमा धान वा मकै लगाउने समय नजिकिंदै छ, सिंचाईको सुबिधा भए उपरोक्त चैते धान र बसन्ते मकै बिच फरक पक्ष र सन्दर्भ गहनरुपले मनन तथा बिश्लेषण गरी आफनो ईच्छा, चाहना, सामथ्र्य र आवश्यकता बमोजिम चैते धान वा बसन्ते÷हिउँदे मकै लगाउँ र उत्पादन बढाऔं—खाद्य सुरक्षाको चुनौतीमा अहम् भूमिका निभाऔँ ।

लेखक केसी सेवा निबृत्त कृषि बैज्ञानिक एवं पूर्ब राष्ट्रिय मकैबाली अनुसन्धान संयोजक हुनुहुन्छ ।


  • 560
  •  
  •  
  •  
  •  
  •  
    560
    Shares
error: Content is protected !!