सुख्खा र डुबान सहन सक्ने धानको जात विकसित

काठमाडौं, वैशाख ३० –

तराई र भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ।

नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका धानको लामो अनुसन्धानपछि उन्मोचन गरेको हो । चैते र वर्षे दुवै समयमा लगाउन सकिने हर्दिनाथ– ३ र चैते समयका लागि मात्र चैते–५ जातको उन्मोचन गरेको हो।

नेपालको प्रमुख बालीअन्तर्गत धानको उत्पादनमा वृद्धि गर्न परिषद्ले सो बालीको नयाँ जातको बीउ उन्मोचन गरेको हो । धानबालीलाई विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन वर्णशंकर ९हाइब्रिड० धानका हर्दिनाथ– १ र हर्दिनाथ– १० नामक दुई जात विकसित गरेको छ।

मकै बालीअन्तर्गत रामपुर– ८ र रामपुर– १० नामक जातका वर्णशंकर पञ्जीकरण गरिएको, तराई÷भित्री मधेश तथा बेसीका लागि रामपुर– ४, मनकामना– ७ तथा बढी प्रोटिन भएको पोषिलो मकै– २ उन्मोचन गरिएको हो ।

यसैगरी मध्य र उच्च पहाडी भेगका लागि विभिन्न खाले सिन्दूरे रोग सहन सक्ने गहुँका मुनाल १ र च्याखुरा १ जातका बीउ उन्मोचन गरिएको तथा सुजी र पास्तासमेत बनाउन मिल्ने खजुरा ड्याम १ र खजुरा ड्याम २ जातका गहुँका नयाँ बीउसमेत सार्वजानिक गरिएको छ।

परिषद्ले जुनारको बोक्रोबाट केक तथा क्यान्डी बनाउने तथा अकबरे र जिरेलगायत अन्य खुर्सानीको स्वाद वर्षैभरि लिन सक्ने हट सस प्रविधिको समेत विकसित गरेको छ।

error: Content is protected !!