हावाहुरीले नवलपरासीकाे केरा खेतीमा क्षती

नवलपरासी । नवलपरासी पुर्वको विनयी त्रिवेणी गाउपालिका त्रिवेणीमा आईतबार साँझ आएको हावाहुरिले उडाएको जस्तापाताले च्यापेर एक बालिकाको ज्यान गएको छ भने कृषिजन्य खेतीहरु समेत तहस नहस पारेकाे छ ।

आईतबार साँझ आएको हावाहुरीले विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ बस्ने लल्लन यादवको घरको छाना उडाएको हाे । सोही छानाले च्यापेर यादवकी १० बर्षीय छोरी अन्जली यावदको ज्यान गएको हाे ।

हावाहुरीका कारण सुस्ता र प्रतापपुर गाउँपालिकामा किसानले लगाएको केरा खेतीमा समेत ठूलाे क्षति पुर्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here