स्वस्थ रहनका लागि यी तरकारी अचुक औषधि हुन सक्छन

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ –

तरकारी हाम्रो दैनिक जीवनमा प्रयोग हुने खानेकुराहरुमध्य एक हो । तरकारी खाँदा कुन तरकारीमा कुन चिज पाइन्छ भन्ने कुरा थाहा हुन जरुरी छ । हरेक तरकारीमा फरफरक चिजहरु पाइन्छ र त्यसले हाम्रो स्वास्थ्यलाई चाहिने तत्वहरु उव्लव्ध गराउँछ ।

हाम्रो वरपर विभिन्न प्रकारका तरकारीहरु हुन्छन् । च्याउ , तीतेकरेला, लौका, फर्सी , चना, राज्मा, प्याज, सिमी, गोलभेडा, सिस्नो, लसुन , अदुवा आदि जस्ता तरकारीहरु दैनिक प्रयोगमा हुन्छ । यी तरकारीहरु खेत बारीबाट बजारमा ल्याउछन् र बजारबाट हाम्रो भान्समा । तरकारी मसलादार भन्दा सामन्य खाँदा नै स्वस्थ्य रहने डाक्टरहरु बताउछन् । कुन तरकारीमा के पाइने कुरा कतिपयलाई थाह नहुन पनि सक्छ । तरकारीहरुमा पाइने यी कुराहरु जसले हामीलाई फाइदा पु¥याउछन् ।

च्याउ

च्याउको सेवनले सरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । जसको कारण स्वास्थ्य रहन सहयोग मिल्छ । प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले सरीरलाई हृष्टपुष्ट बनाउनुका साथै वजन समेत नियन्त्रण गर्दछ । यसमा पर्याप्त फाइबर पाइन्छ । क्याल्सियमको निकै राम्रो श्रोत हो च्याउ जुन हड्डीको विकाश तथा मजबुतीका लागि जरुरी हुन्छ । च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन् । च्याउ बोसो, कोलेस्ट्रोल तथा उच्च प्रोटिनको नियन्त्रणका लागि उपयोगी हुन्छ । यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रुपमा काम गर्छ ।

गोलभंडा

गोलभेंडामा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । जसले शरीरको रोगप्रतिरोधी क्षमता विकास गर्नुको साथै रक्तचाप पनि नियन्त्रणमा ल्याउँछ । यसकारण गोलभेंडा मुटुका रोगीका लागि एकदम फाइदा हुन्छ ।

फर्सी

फर्सीमा ‘बिटा क्यारोटिन’ पाइने हुँदा भिटामिन ए’मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटुका लागि एकदम राम्रो हुन्छ। यसले क्यान्सर हुनबाट जोगाउने अनुसन्धानबाट पत्ता लगाइसकेको छ । फार्सीमा पोटासियम पाइन्छ जसले रक्तचापको सन्तुलन गर्नुको सार्थ हड्डीलाई मजबुत बनाउँछ। यसले क्यान्सर, मोटोपना, मुटु रोग, मधुमेह जस्ता रोगहरु लाग्न दिदैन।

लौका

लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ। यसका साथै लौका औषधि पनि हो । लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ । लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक हुने गरेको छ । पिलो भएको व्यक्तिले दैनिक १५र३० मि।ल। लौकाको जुसमा थोरै मिश्री घोलेर २र३ पटक पिउनाले फाइदा गर्दछ। मुत्रसम्बन्धि रोगमा लौकाको रस निकालेर एक चिम्टि सिधे नुन र कागतीको रस मिलाएर दैनिक बिहान पिउनाले मुत्रनली खुलेर आउाछ र मुत्रनलीको दुःखाई हट्छ। लौकाको रसमा थोरै तिलको तेल मिलाउने। सुत्नुभन्दा पहिला टाउकोमा राम्रोसाग मालिस गर्ने। केहि दिनपछि राम्रोसाग निन्द्रा लाग्न थाल्छ।

प्याज

प्याज तरकारीमा मिल्ने तरकारी मात्र नभै यस्को बेजोड औषधीय गुणपनि रहेको छ। प्याजलाई काँचै वा पकाएर यस्को रस निकालेर जसरीपनि सेवन गर्न सकिन्छ। यस्का अनेकन औषधीय गुणहरु रहेको पाइन्छ । भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । जीवाणुरोधी, तनावरोधी तथा दर्द निवारक, मधुमेह नियंत्रक, प्रदाह निवारक, पथरी हटाउँने र गठियारोधी पनि हो। भन्ने गरिन्छ छालामा दल्नाले बाल बृद्धि गर्दछ। लु को लपेटबाट बच्नकोलागि जेबमा प्याजराखेर हिंडेमा अवस्था अनुसार यस्को सेवनले सुरक्षा प्रदान गर्दछ। वैज्ञानिक हरुको अनुसार नियमित प्याजको सेवन गर्नाले मुटु सम्बन्धी धेरै रोगबाट छुटकारा मिल्दछ।

तीतेकरेला

तीतेकरेलाको सेवन गर्दा शरीरमा कफ जम्मा भएमा त्यसबाट मुक्त हुन्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्या‍उँछ । पाचनशक्ति बलियो बनाउने र भोक जगाउने काम करेलाले गर्छ । गर्मी याममा करेला सेवन गर्नु लाभदायक हुन्छ जसले शितल बनाउछ । दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ । पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।

 

राज्मा

राजमामा दालको रुपमा खान्छौँ र डाक्टरहरपनि यसको दाल खान सुझाप दिन्छन् । यसमा भिटामिन बि १, कप्पर, फस्फोरस र पोटासियम जस्ता पोषक तत्व प्रसस्त पाइन्छ । जसले हड्डी बलियो बनाउछ र मष्तिस्कको विकास र कार्य गर्न सहयोग गर्छ ।

सिस्नो

सिस्नोमा भिटामिन ए,भिटामिन सी, भिटामिन डी पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थहरु पाइन्छ । यसले शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाई कम गराउँछ । त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ । कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!