काठमाडाैं उपत्याकासहित देशैभरका उच्च पहाडी र हिमाली भेगमा हिमपात (फाेटाेफिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं – काठमाडौं उपत्यकासहित देशैभरका उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हिमपात भएको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहानदेखि हिमपात भइरहेको छ ।

वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ। पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउसोदेखि नै भारी हिमपात भएको थियो।

पश्चिमको अपी, सैपाल, बझांग, खप्तड, रारा, जुम्ला, शेफोक्सुन्डो, मुस्तांग, मनांग, गोरखालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ।

पश्चिमी वायुको प्रभाव पूर्वतिर सर्दै गएपछि काठमाडौंसहितका पूर्वी भागमासमेत वर्षासहित हिमपात भएको हो।

सोमबार दिनभरी नै काठमाडाैंसहित देशका धेरैजसो भागमा वर्षा हुने मौसमविद कँडेलले बताइन्।

मंगलवारदेखि भने पश्चिमी क्षेत्रको मौसममा केही सुधार आउने महाशाखाले अनुमान गरेको छ। बुधबारदेखि भने पूर्णरुपमा सुधार आउने महाशाखाले सूचना जारी गरेको छ।

तस्बिर : अभिषेक विक्रम शाहको फेसबुकबाट


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!