लमजुङमा महशिकार सिजन सुरु

लमजुङ, वैशाख ३ – लमजुङका भिरपहराहरुमा “हनी हन्टिङ” अर्थात महशिकार शुरु भएको छ । सिजन शुरु भएसँगै बिभिन्न स्थानमा रहेका छङ्गाछुर ठाडो भीरपहरामा परम्परागत महशिकार शुरु भएको हो ।

सामान्यत प्रत्येक वर्ष वैशाख लागे सँगै भिर माहुरीको मह सिकार गर्ने गरिन्छ । अत्यन्तै महशुर महशिकारीहरुले गर्ने  पर्यटकका लागि नौलो र आकर्षणको विषय पनि बन्ने गरेको छ ।

जिल्लाको घनपोखरा सहित बाहुनडाँडको नाइचे, खुदीको सिउरुङ, ताघ्रिङ, भुलभुले, भुजुङ, दूधपोखरी, दोर्दी लगायतका भिर पहराहरुमा भिर माहुरी प्रशस्तै पाइने गर्छन ।

महशिकार गर्ने प्रचलन धेरै पूरानो रहेपनि पर्यटक आकर्षकका लागि आजकाल ‘हनिहन्टिङ फेस्टिवल’ का रुपमा पनि महशिकार गरिदै आइएको छ ।

error: Content is protected !!