लुम्बिनी प्रदेश कृषि मन्त्रालयको अधिकृत र सहायकस्तरको अन्तरर्वार्ता स्थगित

  • 14
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

रुपन्देही । लुम्बिनी प्रदेशको भूमी व्यवस्था, कृषि तथा शहकारी मन्त्रालयले माग गरेको करार सेवाका कर्मचारीको अन्तरर्वार्ता स्थगित भएको छ । गत भदौ २७ गते १५ दिनको सूचना निकालेर मन्त्रालयले अधिकृत र सहायकस्तरका कर्मचारी करारमा माग गरेको थियो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण अन्तरर्वार्ता स्थगित भएको मन्त्रालयले जनाएको छ । अन्तरर्वार्ताको मिति अर्को सूचना निकालेर जानकारी गराउने मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा सभामुख पूर्णबहादुर घर्ती र कानुन मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।


  • 14
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares
error: Content is protected !!