अहिले परेको पानीले किसानलाई राहत मिलेको छ : कृषि विकास अधिकृत श्रेष्ठ

  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो परेको पानीले किसानलाई राहत मिलेको छ । केही ठाउँमा असिनासहित परेको पानीले किसानको अन्नबाली पनि नष्ट गरेको छ । तर बेसिजनमा परेको पानीले धेरैजसो किसानलाई भने फाइदा नै भएको छ । यसै सन्दर्भमा प्रदिप पौडेलले जिल्ला कृषि विकास कार्यालय चितवनका बरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठ सँग अहिले परेको पानीले किसानलाई कस्तो फाइदा हुन्छ भनेर सोध्नुभएको छ ।

अहिले सुख्खायामको समय हो, निश्चय नै अहिलेको छिटफुट पानीले विभिन्न हिउँदे बाली लाई राम्रो फाइदा पुग्दछ । हिउँद भएकाले माटोमा प्रयाप्त मात्रामा चिस्यान छैन, त्यसकारण पनि मकै लगाएतका बाली लाई उमार शक्ति बढाउन र हुर्कनका लागि आवश्यक पर्ने चिस्यानका लागि निकै राहात पुग्दछ ।

अहिले कुनकुन बालीको सिजन हो ? किसानले बालीको उत्पादन बढाउन के के कुरामा ध्यान दिनुपर्छ ?

अहिले मकै, चैते धान, भिन्डी, करेला, फर्सी लगायतका बसन्ते बालीहरुको समय हो । तापनि उच्च पहाड, मध्यपहाड, र तराइमा लगाइने बालीहरुमा केही फरक पर्न जान्छ । किसानले बालीको उत्पादन बढाउन प्रथमत, कुनै पनि बाली लगाउनु पूर्व उपयुक्त गुणस्तरिय जातको बीउको छनौट गर्नुपर्दछ । सरकारले मौसम र क्षेत्र अनुकुलका जातहरु सिफारिस गरेको छ ।

किसानले सोहिअनुरुप कृषि प्राविधिक सँग परामर्श गरेर आफ्नो ठाउँ अनुकुलका बालीका जातहरु लगाउनु पर्दछ । त्यसैगरी राम्रोसँग पाकेको घरयासी मलको प्रयोग, बालीचक्र अनुसारका खेतीबाली लगाउने, सही समयमा सिँचाइको प्रवन्ध सिद्धान्त अपनाउने, बाली लगाउनु पूर्व राम्रोसँग खनजोत गर्ने, माटो अनुकुलको खेतीबाली लगाउने गनुपर्दछ ।

आइ.पी.एम. प्रविधि भनेका के हो ? यो किसानलाई किन आवश्यक छ ?

यो एकिकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम हो । यसमा एक भन्दा बढी व्यवस्थापनका विधिहरूको एकिकृत रुपमा प्रयोग गरिन्छ । यस विधी अन्तर्गत रोग किरा अवरोधक जातको प्रयोग जस्तैः बालीचक्र, बीउ छर्ने वा रोपाइ गर्ने समयको हेरफेर, खेतको सरसफाई, उचित खनजोत र बाली कटानीपछि अवशेष नष्ट गर्ने लगायतका कुराहरु प्रर्दछन ।

कृषि कर्ममा आधारित तरिका अन्र्तगत बालीचक्र, बीउ छर्ने वा रोपाइ गर्ने समयको हेरफेर, खेतको सरसफाई, भौतिक तथा यान्त्रिक तरिका अन्तर्गत हातले टिप्ने, अवरोध राख्ने, पासो थाप्ने, जैविक तरिका जस्तै परजीवी एवं शिकारी कीराका साथै विभिन्न जीवाणु जस्तै व्याक्टेरिया, निमाटोडको प्रयोग । र अन्य बिधिबाट नियन्त्रण नभएमा रासायनिक बिधिको प्रयोग गरिन्छ । यसकारण रासायनिक विषादीको कम प्रयोग हुन्छ । नेपालमा विषादीको प्रयोग अनाधिकृत रुपमा गरिएको पाइन्छ ।

एकातिर किसान आफैले बढी उत्पादन लिनको लागी हतारमा विषादीको प्रयोग गर्दछन अर्कोतिर बिक्रेताले विषालु विषादी खरिद बिक्री गरिरहेका छन् तर त्यसको असर जनस्वाथ्यमा गम्भीर असर पर्न गएको छ, यसतर्फ सचेत हुनु र नियन्त्रण गर्न जरुरी छ । यसकारण पनि आइ.पी.एम बिधि किसानका लागि महत्वपुर्ण रहेको छ ।

नेपालमा अर्गानीक खेति प्रणाली सम्भव छ ?
विषादीको प्रयोग दिनानु दिन बढ्नाले जनस्वाथ्य तथा बातावरणमा गम्भिर असर देखा पर्न थालेका छन् । अर्को तिर माटोको उर्वराशक्ति पनि क्षय हुन थालेको छ । नेपालमा अर्गानिक खेति प्रणाली सम्भव छ तर उपयुक्त बिधि अपनाउनु पर्दछ । त्यसका लागि माटो सुहाउदो खेती प्रणालीको अवलम्बन तथा अर्गानिक खेतीको विकासका लागि पकेट क्षेत्र बनाएर काम थाल्नुपर्दछ ।

विषादीको सुरक्षित प्रयोग कसरी गर्न सकिन्छ ?

सिफारिस गरेको मात्रा र चिकित्सकको सल्लाहहबाट मात्र विषदीको प्रयोग गर्नुपर्दछ । सकेसम्म रातो र पहेलो संकेत भएका विषादी प्रयोग नगर्ने निलो र हरीयो संकेत भएका विषादीको प्रयोग केही सुरक्षीत हो ।

उपकरणलाई काम गर्नु अघि र काम सकिएपछि जाँच गर्नुपर्छ, बन्द भएको नोजललाई मुखले फुक्नु हुँदैन, भैपरी आउने समस्या समाधानका समाग्रीहरु सहज पहुचमा हुनेगरी राख्ने, बिषादी छर्दा लगाउने पोशाक लगाउने अनिवार्य लगाउने, हावा चलेको समयमा विषादी छर्नु हुदैन, विषादी को प्रयोग पश्चात हात मुख राम्ररी साबुन पानीले धुनुपर्दछ, फुल खेलेको बालीमा विषादी छर्नु हुदैन ।

अन्त्यमा, आम किसान तथा सेवाग्राहीलाई के भन्न चाहानुहुन्छ ?
अहिले राज्यको पुनः सँरचना को अवधारणा ले गर्दा जिल्ला कृषि विकास कार्यालय मातहतका शाखा तथा सेवा केन्द हरु नगरपालिका गाउँपालिका लगायतका स्थानीय निकायबाट संचालन हुन थालेका छन् र सेवाग्राहीलाइ तत् निकाय अन्र्तगत का कार्यालयबाट सेवा लिनको लागी आग्रह गर्दछु ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!