झापामा ७५ प्रतिशत धान रोपाईं सकियो

  •  
  •  
  •  
  •  
  •  
  •  

झापा, साउन ११ – झापामा ७५ प्रतिशत धान रोपाईं सकिएको छ । जिल्लाका १५ वटै स्थानीय तह र धान सुपरजोन बनियानी समेतको तथ्यांकलाई हेर्दा समग्रमा ७५ प्रतिशत रोपाई सकिएको हो ।

गत वर्षको साउन पहिलो सातासम्ममा ७३ प्रतिशत मात्र रोपाईं सकिएको थियो । झापामा गत वर्ष १९ असारपछि मात्र रोपाई सुरु गरिएको थियो । तर, यसवर्ष समयमै वर्षा हुन थालेपछि असारको सुरुवातदेखि नै रोपाईंले गति लिएको हो । १० दिनयता वर्षा कम भएपछि रोपाईंको गति रोकिएको छ । अहिले फेरि वर्षा सुरु भएकाले १५ साउनसम्ममा रोपाईं सकिने कृषी विज्ञको अनुमान छ ।

झापामा कुल ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । कन्काई सिँचाई प्रणाली पुग्ने क्षेत्रमा भने शतप्रतिशत रोपाईं सम्पन्न भएको छ । कन्काईं सिँचाई व्यवस्थापन डिभिजन कार्यालय माइधारका अनुसार सिँचाई प्रणालीमा सुधार आएपछि किसानले बेलैमा धान रोपाईं सकेका हुन् ।

मूल नहर ३६ किलोमिटर, २२ वटा शाखाको ७४ किलोमिटर र २०७ वटा प्रशाखाको ११० किलोमिटर गरी कूल २ सय २० किलोमिटरको नेटवर्क भएको कन्काई सिँचाईले ८ हजार हेक्टर क्षेत्रफल सिँचाई गर्छ । त्यसमध्ये धान उत्पादन हुने क्षेत्र ७ हजार हेक्टर रहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!